पोल्याण्ड नागरिक काटर जयना फेवाताल मृत भेटिईन्


पोखरा /एक साताअघि पोखराको फेवतालमा डुबेर बेपत्ता भएकी पोल्याण्डकी २७ वर्षीया काटर जयनाको मृत भेटिएकी छन् ।

फेवातालमा शुक्रबार  उनको शव फेला परेको हो । चैत १२ गते दिऊसो साथीहरुसँगै फेवातालमा डुंगा सयर गर्ने क्रममा हावाहुरी चलेर पल्टिएपछि उनी बेपत्ता भएकी थिइन् । स्थानीयबासीले फेवातालमा तैरिरहेको अवस्थामा शव देखे पछि सशस्त्र प्रहरी बलको उद्वार टोलीले शव निकालेको थियो ।

शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।