साईकल यात्री भण्डारीले पाए ४ सय युरो, खर्च पनि सहयोग रकममा नै कटाईयो


बार्सिलोना/

अपाङ्ग विश्व साइकल यात्री कालिका प्रसाद भण्डारीले आफुलाई सहयोग गर्न भनी आयोजना गरिएको कार्यक्रम बाट ७ सय १४ युरो संकलन गरिएको प्रकाशमा आए पनि सबै रकम नपाएको गुनासो गरेका छन्।

सहयोगका लागि बार्सिलोनामा आयोजना गरिएको रकम संकलन अभियानबाट ४ सय १५ युरो मात्र पाप्त गरेको भण्डारी बताउछन्। कार्यक्रम अत्यन्त राम्रो र सहयोगी मानिएको भए पनि पूर्ण रकम नपाए पछि भण्डारीले नेपालीनेपाली डटकमलाई फोन सम्पर्क गरी गुनासो गरेका हुन्। आयोजकले कार्यक्रम गर्दा चियापानमा खर्च भएको ५२ युरो पनि आफुलाई दिने रकमबाट नै कटाईएको भण्डारीको दाबि छ। तर आफुलाई सहयोग गर्ने सबै दाताहरुलाई भने उनले धन्यबाद ब्यक्त गरेका छन्।

सहयोग अभियान आफैमा राम्रो र उत्कृस्ट भए पनि,सबै सहयोगीहरुको रकम एकै चोटी संकलन गरि नदिनु र उठेकै रकमबाट कार्यक्रमको खर्च कटाउनुलाई अस्वभाविक ठानिएको छ। रकम छोटो समयमा सबैबाट उठाउन नसकिने भए पनि आयोजकले आफैले जिम्मा लिएर बाकि रकम उठाउदै गर्दा उत्तम देखिन्थो तर त्यसो भएन।

भण्डारी बिहिबार फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेकोले अझै पनि रकम पूर्ण रुपमा प्रदान गर्ने समय भएकाले र पिडितले फोन सम्पर्क गरेर नै गुनासो गरेका कारण समाचार प्रकाशमा ल्याईएको हो। तर आयोजक र सम्बन्धित प्रतिनिधिको नाम भने गोप्य राखिएको छ।

भण्डारीको गुनासो जस्ताको तस्तै:- अडियो