काभ्रेको सुस्त मनस्थिति केन्द्रमा भान्सा कोठा बन्ने पक्का, २१ सय युरो संकलन


बार्सिलोना/
काभ्रे खरेलथोक-४ स्थित सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा पक्की भान्छा कोठा बनाउनको लागि स्पेनबाट शुरु गरिएको रकम संकलन अभियान पूर्ण रुपमा सफल भएको छ। भान्सा कोठा बनाउने लाग्ने लागत करिब २ लाख रुपैयाँको अनुमान गरीएको भए पनि एक हप्ता भित्रमा नै आबश्यक रकम संकलन भएको हो।

स्पेनबासि नेपाली समुदाय लगायत अन्य मुलुकबाट पनि आएको सहयोग रकम गरि २ हजार १ सय २९ युरो संकलन भएको छ।

गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेन तथा नेपालीनेपाली डटकमको सहकार्यमा रकम संकलन कार्य शुरु गरिएको थियो।

गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद सदस्य तथा सहयोग समितिका संयोजक दिपक खरेलले सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन्। उनले भने, “अब पक्की भान्सा घर बन्ने नै भयो,पुनर्स्थापना केन्द्रका बालबालिकाहरुको अबस्थालाई हेरेर सहयोग गर्ने सबै प्रति आभारी छु।”

आगामी हप्ता एक मुष्ठ रकम संकलन गरी रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरिने भएको छ। औपचारिक रुपमा रकम संकलन अभियानलाई टुंगाउने भए पनि ईच्छुकले हस्तान्तरण कार्यक्रमको अबधि सम्म सहयोग गर्न सक्नेछन्।
पुनर्स्थापना केन्द्रमा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मोरङ, धनुषा डोटी लगायतका जिल्लाहरुबाट गरि २२ जना छात्र छात्राहरुले आश्रय लिदै आएका छन् ।

खाना बनाउनको लागि बासले बारेको भान्सा कोठा रहेकोले त्यसलाई पक्की बनाउन सके केन्द्र संचालन गर्न सहज हुने भन्दै स्पेनबाट पहल गरिएको हो।

खरेलथोक स्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’की शिक्षिका सुधा सिलवालको बिशेष पहलमा एक दशक देखि केन्द्र संचालनमा आएको छ।

 

सहयोग गर्ने सहयोग दाताहरुको पूर्ण नामावली

मनिष ढकाल (अमेरिका) – ३०१ डलर (करिब २७५ युरो)
दिलनाथ भण्डारी – १०५ युरो
दावा ऋषी श्रेष्ठ – १११ युरो
दिपक खरेल – १०१ युरो
एकराज गिरी – १०१ युरो
दिपेन्द्र आचार्य – १०१ युरो
देबी सुबेदी – ५१ युरो
राम प्रसाद मैनाली – ५१ युरो
दिनेश गुरुङ/ ज्योती गुरुङ – ५१ युरो
हेम शेर्पा – ५१ युरो
तारानाथ डल्लाकोटी – ५१ युरो
दिपक गौतम – ५१ युरो
नारायण लामिछाने – ५१ युरो
प्रमोद लामिछाने – ५१ युरो
कृष्ण हरि कडेल – ५१ युरो
श्रवण खनाल (फिनल्याण्ड)- ५० युरो
सन्दिप मोहोन भट्टराई – ५० युरो
निम कुबर – ५० युरो
शम्भु क्षेत्री -५० युरो
गंगा भुसाल – ५० युरो
नबराज लामिछाने – ४६ युरो
गौतम गुरुङ – ३१ युरो
शालिकराम डुम्रे – ३० युरो
सन्त बहादुर क्षेत्री -२५ युरो
प्रकाश तिमिल्सिना – २५ युरो
संजय बिक्रम शाह – २१ युरो
निलु अवाले – २५ युरो
शितल भुर्तेल भुसाल -२५ युरो
गल्कोट समाज स्पेन – २० युरो
बसन्त रानाभाट – २० युरो
लक्ष्मण शर्मा – २० युरो
राजु गुरुङ – २० युरो
रबी राज तिम्सिना -२० युरो
श्री राम चन्द्र भट्ट -२० युरो
महेन्द्र चापागाई – २० युरो
राजेन्द्र तिमिल्सिना – २० युरो
पेशल कोईराला – २० युरो
सुनिल रेग्मी – २० युरो
हेमन्त रानाभाट – २० युरो
अर्जुन आचार्य – २० युरो
मुक्त बहादुर गुरुङ – २० युरो
बिष्णु रिजाल – १५ युरो
दिनेश गिरी – ११ युरो
पुष्प राज भण्डारी – ११ युरो
राजु थापा ११ युरो
सुबास बहादुर बिष्ट – १० युरो
तुलसी शिवाकोटी – १० युरो
भुपेन श्रेष्ठ – १० युरो
हेम पाण्डे – १० युरो
दिनेश राज रेग्मी – १० युरो
केशरी नेमकुल श्रेष्ठ – १० युरो
पुरुषोत्तम भट्टराई – १० युरो
शिब लामिछाने -१० युरो
राम कडेल – १० युरो