स्याङ्जा सहयोग समाज स्पेनको फुटबल प्रतियोगीता बारे सुचना


स्पेनमा रहेका नेपाली बालबालीकाहरुको प्रतिभालाई समुदाय माझ पुर्याउनको लागि १५ बर्ष मुनिका बालबालिकाहरु बिच यही अप्रिल ५ तारिक समाजले फुटबल प्रतियोगिताको आयोजना गर्दै छ।

समाजले आयोजना गर्ने यस प्रतियोगिताको लागि स्पेन स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुलाई पत्रचार गरि सकिएको छ। यदी पाप्त नभएमा यसै सूचनालाई आधार मानेर कार्यक्रममा उपस्थित भई बालबालिकाहरुलाई हौसला बढाई दिनु हुन अनुरोध गर्दछौ। साथै आ- आफ्ना बालबालिकाहरुलाई समयमा नै खेल मैदानमा उपस्थित गराई प्रतियोगितालाई समयमा शुरु गर्नको सहयोग पुर्याइदिनु हुन अभिभाबकहरुलाई बिशेष अनुरोध गर्दछौ।

प्रतियोगिता बारे पूर्ण जानकारी
मिती: ५ अप्रिल २०१५
स्थान : La Bascula Calle Foc 132, 08038, Barcelona PL Espanya बाट Bus NO: 23 , 13, 37, 9 (पहिले देखि नेपाली फुटबल प्रतियोगिता हुदै आएको मैदान)
समय – दिउसो १ बजे
सचिब
सुनिल रानाभाट
स्याङ्जा सहयोग समाज स्पेन