असहायः बालक खोज्दै पोखराको सहारा क्लव


– सन्देश श्रेष्ठ
पोखरा/
पोखराको सहारा क्लवले सहारा एकेडेमीमा राख्न असहायः वालक खोज्न थालेको छ । शिक्षासहित फुटवलको प्रशिक्षण गराउँदै आएको पोखरा–१७ दोबिल्लास्थित उक्त एकेडेमीमा राख्नको लागि क्लवले असहायः बालक खोज्न थालेको हो ।

कठिन परिस्थिती एवम् विपन्न वर्गका वालकलाई मात्रै राखिने उक्त एकेडेमीमा यस शैक्षिक सत्र–२०७२ देखि थप ९ जना बालक थप्ने गृहकार्य शुरु भएको क्लवका अध्यक्ष बिरभद्र आचार्यले  बताए । ३० जना क्षमताको उक्त एकेडेमीमा हाल २१ जना मात्रै भएकाले ९ जना थप्ने योजना अनुरुप बालक खोज्न थालिएको उनले बताए ।

क्लवले तोकिएका मापदण्ड पूरा भएका ९ जना बालक खोजेर ३० जना पु¥याउने जनाएको छ । क्लवले त कठिन एवम् विपन्न आर्थिक अवस्था हुनुपर्ने, १० वर्षदेखि १२ वर्ष उमेर भई कक्षा ५ देखि ७ सम्म अध्ययनरत हुनुपर्ने, बुबा आमा दुबै नभएका वा कुनै एकको मृत्यू भएको, बुबा आमा (क)÷(ख) वर्गको अपाङ्गता भएको हुनुपर्ने र बालक शारिरिक रुपमा तन्दुरुस्त हुनुपर्ने मापदण्डा तोकेको छ ।

यस वर्ष थप गर्न लागिएको ९ जना बालक भौगोलिक विकटताका द्वन्द्व पीडित, तराई मधेश, पिछडिएका वर्गका बालकहरुलाई प्राथमिकतामा राखिएको बालक छनौट समितिका संयोजक केशवराज बरालले बताए । क्लवले तोकिएको मापदण्ड पूरा गरेका बालक व्यक्ति, वा संघसंस्थाले देखेको खण्डमा क्लवसँग सम्पर्क गराईदिन आग्रह गरेको छ ।
२०५८ सालमा स्थापित एकेडेमीमा यो तेश्रो ब्याज हो । दोबिल्लामा सुविधा सम्पन्न भवन बनाएर सञ्चालित उक्त एकेडेमीमा रहेका बालकहरुलाइृ हाल निःशुल्क गाँस, बास र कपासको राम्रो प्रबन्धसहित अध्ययन, फुटवल र अतिरिक्त कृयाकलाप गराईने गरिन्छ ।
स्मरण रहोस् राष्ट्रिय खेलाडी अनिल गुरुङ सहारा एकेडेमीकै उत्पादन हो भने सहारा क्लवले वर्षेनि आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता गर्दै आएको छ ।