बेलायतको पुस्तकालयमा नेपाली भाषा शिक्षा पठनपाठन


लन्डन । बेलायतको बर्मिघम स्थित एक पुस्तकालयले नेपाली भाषा शिक्षा पठनपाठनको शुरुवात गरेको छ ।

स्थानिय शान्ति नेपाली समाज बेलायतको पहलमा सो पुस्तकालय साचालनमा आएको बताएको छ । एकप्ताको एक दिन शनिवार हुने सो नेपाली भाषा कक्षामा करिब २० जना विद्यार्थी रहेको सो समाजका प्रचार विभाग प्रमुख भुपेन्द्र पाठकले बताए ।

गत महिना देखी साचालनमा आएको सो कक्षा साचालन शीता खरेलले गर्दै आएकी छन् । पछिल्लो समयमा बेलायतका बिभिन्न शहरमा नेपालीहरुको जनघनत्व बढ्दै गएका कारण नेपाली भाषा कक्षामा पनि बृद्धी हुदैं गएको छ ।