एसएलसी परिक्षा चलिरहदा निशुल्क प्याडको व्यवस्था हुदा खुशी लाग्यो….


– सुष्मा पौडेल (नेपाल पत्रकार महासंघ,केन्द्रिय सदस्य )
दुई वर्ष अगाडीको कुरा हो, एक जना वहिनी परिक्षा दिदादिदै रजश्वला भएपछि प्याडका अभावका कारण आत्तिइन्, रक्ताम्य वनिन् उनि अर्को दिन पनि परिक्षा दिन गइनन् । फेल भइन् । पढेर आफ्नो खुट्ट ामा उभिएपछि मात्र विहे गर्ने उनकोे सपना चकनाचुर भयो । फेल भएपछि वावुआमाको करकापमा विवाह गर्न वाध्य भइन् ।

उनी विद्यालयमा रजश्वला भएका कारण फेल भएको घटना सुनेर म भित्र भित्रै दुखेकी थिए । मलाई लाग्यो उनले पो त्यो समस्या भनिन् तर कयौ वहिनीहरुले यो समस्या भोगीरहेका होलान् । कयौ दिदीहरु यो समस्याका कारण यस्तै समस्यामा परे होलान् अव पनि समस्याको समाधान गर्न सकीएन भने कयौ वहिनीहरु यो समस्यामा झेलीन सक्छन् ।

देख्दा र सुन्दा सानो कुरा तर असर ठुलो पार्ने यो समस्याको समाधान कसरी गर्ने होला भनेर मेरो मष्तीस्कमा अनेकौ विचार खेल्न थाले तव म टोलटोलमा यो विषयको चर्चा चलाउन थाले, विद्यालयका वार्र्षीकउत्सवहरुमा जादा यो विषयवस्तु उठाउन थाले, दिदीवहीनीहरुलाई तालिम दिदा यो चर्चा गर्न थाले केही विद्यायमा त प्याडको व्यवस्था पहिलैदेखि भएको समेत थाहा पाए ।तर पुर्णरुपमा विशेष एस्एल्सीको वेला सवै केन्द्रहरुमा प्याडको व्यवस्था गर्न मन लाग्यो । विदेशीको सहयोगले होइन हामी नेपालीले नै यो समस्याको समाधान गर्नुपर्छ भन्ने ठाने ।

गतवर्ष २० जना एस्एलसीमा फेल भएका वहीनीहरुलाई खोजी खोजी भेटे, फोनमा र फेसवुकमा पनी कुराकानी गरे, ति मध्ये १० जना वहिनीहरु एस्एल्सी परिक्षा दिदैगर्दा रजश्वला भएको र प्याडको अभावा कारण परिक्षामा प्रभाव परेको वताए । उनीहरुले एस्एलसीका वेला अस्थायी शौैचालयमा जान समस्या भएको समेत वताए । दुई जना वहिनीहरु त जिन्दगीमा पहिलो पल्ट फेल भएको कारण आत्महत्या गर्न समेत कोशीस गरेको नमिठो अनुभव समेत सुनाए ।

म भित्रभित्र दुखे त्यसपछि यो अभियान सुरु भयो । हाल मलाई १५ वटा भन्दा वढी जिल्लावाट हाम्रो पनि निशुल्क प्याडको व्यवस्था गर्ने अभियान सुरु भयो भन्ने जानकाररी गराउदा म खुसीले गद्गद् भएकी छु । यो अभियानमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी,जिल्ला शिक्षा अधिकारी,महिला विकास अधिकृत, पत्रकार साथीहरु, नागरिक समाज, विद्यार्थी, वालकल्याण समिति लगायत सवैप्रति ह्दयदेखि धन्यवाद प्रकट गर्दै अव अर्को वर्ष देशभर यो अभियान संचालन गर्न सवै जना आआफ्नो क्षेत्रवाट जुटनको लागी समेत हार्दीक आह्वान गर्दछु ।

अनुगमनमा कास्की जिल्लाका सवै परिक्षा केन्द्रहरुमा निशुल्क प्याडको व्यवस्था भएको र चित्रा र टिनले वारेको अस्थायी शौचालय समेत हटाइएको भेटियो ।
यस अभियानलाई पुर्ण रुपले पहिलो जिल्लाका रुपमा घोषणा गर्न संयोजनकारी भुमिका खेल्नुहुने जिल्ला शिक्षा अधिकारी अंविका प्रसाद आचार्य र व्यवस्थापक जिम्वेवारी पुरा गर्नुहुने महिला विकास अधिकृत लक्ष्मि जिसी तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवैलाई हार्दीक धन्यवाद ।

11080636_1028791573806942_1926928773464279963_o