हेम्जामा निरमसी खादा श्रीमान् श्रीमतीको मृत्यु


– सागर राज तिमिल्सिना

पोखरा/पोखरा उपमहानगर पालिका २७ हेम्जामा निरमसी खादा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । निरमसीको विषादीले अशक्त भएका दम्पती ६२ वर्षका बल बहादुर केसी र निजको श्रीमती ५७ बर्षकी लक्ष्मी केसीको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जानएको छ ।

मृतक दम्पतीले शनिवार निरमसी झार जडीबुटी औषधीको रुपमा पुवामा मिसाई खाएका र उक्त खानेकुरा खाने बित्तिकै बिरामी परेपछि तत्काल अस्पताल लगे पनि अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शरीर दुखे पछि निरमसीलाई पुवामा मिसाएर खाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले  जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको उनले बताए ।