इएल क्लासिको चर्चा नसेलाउदै बार्सिलोनामा नेपाली बालबालिका बीच रियल क्लासिको फुटबल हुदै


बार्सिलोना /

इएल क्लासिको फुटबलले तातेको बार्सिलोनामा यसको चर्चा सेलाउन नपाउदै, १५ बर्ष मुनिका नेपाली बालबालिकाहरुका  बीच अब रियल नेपाली क्लासिको फुटबल हेर्न पाईने भएको छ। स्याङ्जा सहयोग समाज स्पेनले फुटबल प्रति चासो र रुचि भएका बालबालिकाहरुलाई मैदानमा उतारेर प्रतिस्पर्धा गराउने तयारी गरेको हो।

समाजले यस अघि मार्च २३ तारिक प्रतियोगिताको आयोजना गर्ने बताए पनि मैदानको कारण देखाउदै आगामी अप्रिल ५ तारिक प्रतियोगिता गर्ने जनाएको छ।

प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने टोलीलाई शिल्ड प्रमाण पत्र तथा मेडल सहित पुरस्कृत गरिने भएको छ। यस्तै उत्कृस्ट र अनुशासित खेलाडी समेत घोषणा गरिने समाजले जनाएको छ।

समाजका उपाध्यक्ष लिल बहादुर रोकायालाई प्रतियोगिता सम्पन्न गर्न संयोजकको जिम्मेबारी दिएको छ।
यहाका बालबच्चाहरुलाई फुटबल प्रति चासो मात्र हैन खेल्न नै मन पराउने र केहि ब्यबसायी खेलाडी नै बनी सकेका छन् संयोजक रोकायले नेपालीनेपाली डटकमलाई भने, “उनीहरु बीचको प्रतिस्पर्धा नेपाली समुदाय माझ देखाउने उदेश्यका साथ प्रतियोगता आयोजना गरिएको हो।”

प्रतियोगिता सम्पन्न गर्न समाजका कार्यसमिति सदस्य तथा शुभचिन्तकहरुले मेडल,प्रमाणपत्र,फुटबल,पानी,जुस लगायत आर्थिक सहयोग समेत गरेका छन्।