एनआरएनए स्पेनको बैठक बारे सुचना


फ्रान्स स्थित नेपाली राजदुताबासले आफुले हेर्दै आएका फ्रान्स लगायत स्पेन,पोर्चुगल र ग्रीसमा रहेका नेपालीहरुका समस्याहरु निराकरणका लागि भन्दै आगामी मार्च २९ तारिक राजदुतको निवासमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको र एनआरएनए स्पेनलाई पनि ईमेल पाप्त भएको जानकारी गराउछौ।

राहदानी तथा कन्सुलर सेबा सम्बन्धमा सुचना प्रदान गर्ने भन्दै हुन लागेको अन्तर्किया कार्यक्रममा गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद तथा अन्य नेपाली संघ सस्थाहरुबाट दुई जना प्रतिनिधिका दरले उपस्थित हुन सुचना जारी भएको र मार्च २७ तारिक भित्र अन्तर्कियामा भाग लिने प्रतिनिधीहरुको नामवली पठाउन अनुरोध गरिएकोले यस बिषयमा छलफलको लागि स्पेन स्थित संघसस्थाका अध्यक्ष वा प्रतिनिधीहरु,कार्यसमितिका सदस्यहरु लगायत पत्रकारहरुलाई बैठकमा उपस्थित भईदिन अनुरोध गर्दछौ।

साथै वैठकमा संघले बुद्द पुर्णिमाको अवसरमा आयोजना गर्न लागेको नेपाल प्रबद्दन साझ-२०१५ र हरेक बर्ष च्यारिटी गर्ने योजना अनुरुप  यस बर्षका लागि योजना तर्जुमा गर्ने ,तथ्याङ्क संकलन,राहत कोष बृद्दी लगायतका बिषयमा छलफल गरिदै छ।

पेरिस दुताबासमा अन्तर्कियामा भाग लिन जाने क्रममा स्पेनबासि नेपालीहरुका अति आबश्यक कागजपत्र दुताबासमा पुर्याउन वा लिएर आउनु परेमा पनि यथासिघ्र सम्पर्क राख्नु होला।

बैठक बारे बिबरण
मिति – २५,मार्च २०१५
समय- अपरान्ह ४ बजे
स्थान – Calle Orient 9 (sqina de pujos y oriente) metro L5 Collblanc

सचिव

कृष्णहरी कंडेल

एनआरएनए स्पेन