चन्दा उठाएर स्कटलैन्डमा नेपालीको स्कुल, नेपाली भाषामा दख्खल बनाउने


लन्डन / लन्डनवाट घन्टौंको बस तथा ट्रेन यात्रामा पुगिने एवरडिनमा चन्दा उठाएर नेपालीहरूले विद्यालय चलाएका छन् । रोजगारी तथा अध्ययनका शिलशिलामा नेपालीहरू यहाँ अउने गरेका छन् । तीन लाख जनसंख्या भएको एवरडिनमा झन्डै पाँच सयको हाराहारीमा नेपालीहरू छन् ।

नेपालीका छोरीहरुलार्इ नेपाली भाषा संस्कृती कायमै राख्न भन्दै नेपालीहरू सक्रिय छन् । नेपालीज हिमालयन एसोसियसन स्कटल्यान्ड नामको नेपालीहरूको संस्थाले स्थानीय निकाय सिटी काउन्सिलको कोठा भाडामा लिएर नेपाली कक्षा चलाउँदै अएका छन् । उनीहरूले नेपाली लङवेज फर किडस् नामको प्रोजेक्ट एक वर्षदेखि सञ्चालन गर्दै अएका हुन् ।

क ख नजान्ने विध्यार्थी ईन्टनेटमा नेपाली समाचार साईट खोलेर पढ्ने भएको विध्यालयका संयोजक विजय सिग्देल बताउँछन् । ४ देखि १६ वर्ष सम्मका ३४ जना विध्यार्थीहरुलाई उनीहरुको नेपाली भाषामा दख्खल राख्ने बिभिन्न समूहमा विभाजन गरी हरेक १५ दिनमा आईतवारको दिन कक्षा हुने गरेको छ ।

विदेशमा यसरी सन्चालन हुने अधिकांश पाठशालावीचमै वन्द हुने गरेको भए पनि एवर्डिनको पाठशालाले भने सफलतापूर्वक एक वर्ष पुरा गरेको भन्दै नेपालीहरूले खुशी ब्यक्त गरेका छन् ।

१ वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा सोमनाथ मेमोरिएल ट्रस्टकी अध्यक्ष सोमा घिमिरेले २०० पाउन्डको सहयोग राशी प्रदान गरिन् । देउसी भैलो, व्यक्तीगत चन्दा सर सहयोग र संस्थाका सदस्यहरुवाट उठाईने लेविने विध्यालय संचालनको लागि आर्थिक स्रोत रहेको कुरा हिमालयन एसोसिएसन स्कटलेन्डमा सभापति टेकवहादुर थापाले बताए ।