काग्रेस युवा नेता गगन थापा जर्मनी हुदै बेल्जियम पनि पुग्ने (युरोप भ्रमण तालिका सहित )


बेल्जियम / नेपाली कांग्रेसका युवा नेता गगन थापा बेल्जियम अाउने भएका छन् । बेल्जियमका नेपाली संघसंस्था तथा समुदायको उपस्थितिमा हुन लागेको खुल्ला अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी बेल्जियम अाउने भएका हुन् । युवा नेता गगनसँगै कांग्रेस नेता धनराज गुरुङ् पनि बेल्जियम अाउँदैछन् ।

नेपालको संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेकाले डायस्पोरामा रहेका नेपालीहरुले संविधानमा आफ्ना भावनालाई संवोधन गराउनको लागि यो कार्यक्रम उपयुक्त अवसर हुने अायोजकको विश्वास छ ।

आगामी २८ मार्च शनिवार बेल्जियमको लुभेन शहरमा कार्यक्रम हुनेछ । नेपालको संविधान लेखन प्रक्रिया, भइरहेका प्रगतिहरु र तोकिएको समयमा नै संविधान जारी हुन नसक्नुका कारणबारे डायस्पोरामा रहेका नेपाली समुदाय र नेताद्वयवीच अन्तरक्रिया गरिने जनसंपर्क समिति बेल्जियमका महामन्त्री शालिक गौतमले बताए ।

युवा नेता थापा मार्च २६ मा जर्मनी आइपुग्ने, २७ मा जर्मनका सरकारी अधिकारीसँग भेटघाट गर्ने तथा २८ मार्चमा बेल्जियमम आयोजना भएको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ ।

यस्तै, २९ मार्चमा नेपाली जनसंपर्क समिति पोर्तुगलको कार्यक्रमलाई संवोधन गर्ने, २९ मार्चमा नेपाली कन्सुलर पोर्तुगलको कार्यालय उद्घाटन गरी उनी कतार जानेछन् ।

मार्च २६-जर्मनी आइपुग्ने,

मार्च  २७ – जर्मनका सरकारी अधिकारीसँग भेटघाट

 मार्च २८ – बेल्जियमम आयोजना भएको अन्तरक्रियामा सहभागी हुने

 मार्च २९– नेपाली जनसंपर्क समिति पोर्तुगलको कार्यक्रमलाई संवोधन गर्ने /नेपाली कन्सुलर पोर्तुगलको कार्यालय उद्घाटन

– कार्यालय उद्घाटन गरी  कतार प्रस्थान गर्ने