बार्सिलोनामा दशैं तिहार बिशेष साँस्कृतिक कार्यक्रम हुँदै


बार्सिलोना।  एनआरएनए स्पेनको आयोजनामा आज बार्सिलोनामा दशैं तिहार बिशेष साँस्कृतिक कार्यक्रम हुँदैछ। कोरोना कहर पछि संघले सभाहलभित्र आयोजना गर्न लागेको यो पहिलो नेपाली कार्यक्रम हो। 

संघका महासचिव बिदुर गौतमले मनोरन्जनात्मक कार्यक्रममा सहभागी बन्न स्पेनबासि नेपालीहरुलाई अनुरोध गरेका छन्। कार्यक्रमबाट वचत भएको रकम नेपालमा बाढी पहिरो पिडितहरुको सहयोगार्थ पठाउने महासचिव गौतमले जानकारी दिए। ‘कार्यक्रमबाट कति रकम संकलन हुन्छ बाँकी रकम हामीले थपेर पिडितहरुको सहयोगार्थ काम गर्ने छौ।’ उनले भने। 

कायर्क्रममा प्रमुख अतिथिको रुपमा एनआरएनए युरोप संयोजक नारायण आचार्य सहभागी हुने भएका छन्। नेपाली खानाको परिकारसमेत राखिएको उक्त कार्यक्रममा प्रबेश शुल्क १० युरो लाग्ने आयोजकले जनाएको छ।

थप बिबरण :

  • स्थान :– Plaza Bobila 1, 08906, Hospitalet de Llobregat, Barcelona 
  • मिति :– २५ अक्टोबर, २०२१ सोमबार 
  • समय :– १५.३० देखि २१:०० बजेसम्म
  • प्रबेश शुल्क : १० युरो
  • आयोजक : एनआरएनए स्पेन