बाढी पहिरो पिडितहरुको सहयोगार्थ स्पेनमा रकम संकलन सुरु 


बार्सिलोना। बाढी पहिरो पिडितहरुको सहयोगार्थ स्पेनमा रकम संकलन कार्य सुरु भएको छ। जन धनको क्षति भई हजारौं व्यक्तिहरु प्रभावित भएपछि स्पेनमा पिडीतहरुको सहयोगार्थ रकम संकलन सुरु भएको हो।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य सुनिल रानाभाटको पहलमा सुरु भएको अभियानमा हालसम्म झन्डै एक हजार युरो संकलन भईसकेको छ। अविरल वर्षाका कारण नेपालका पूर्वी तथा पश्चिमि भेगहरु प्रभावित भई ठूलो मात्रामा जन धनको क्षति भई हजारौं व्यक्तिहरु प्रभावित भएका छन् । 

उत्तर राई, तुलसी गुरुङ,महेश्वर घिमिरे ,यज्ञ नारायण पौडेल (रमेश) , अक्कल बोहोरा, केशबराज कंडेल, दान बहादुर भुजेलको सकृयतामा स्पेनमा विभिन्न क्षेत्रहरुबाट रकम संकलन कार्य जारी रहेको आईसीसी सदस्य रानाभाटले जानकारी दिए। ‘केन्द्रबाट एनसीसी स्पेनमा रकम संकलनका लागि पत्राचार हुदा पनि हालसम्म समितिका साथीहरुसँग छलफल समेत नभएको जानकारी हामीले पाएपछि आँफै सक्रियता लिएका हौ।’ उनले भने। 

रानाभाटले सहयोग अभियानमा साथ दिन स्पेनवासी नेपालीहरुलाई साथ दिन अनुरोध गरेका छन्। उनका अनुसार अर्का प्रस्तावित आईसीसी सदस्य दिनेश गिरीसँगको समन्वयमा एक हप्ताभित्र नै पिडितलाई सहयोग गरिने भएको छ। 

यता एनआरएनए स्पेनले भने बाढी पहिरो पिडितहरुको सहयोगार्थ दशैं तिहार  बिशेष कार्यक्रम हुने जनाएको छ। संघले यसअघि सांस्कृतिक कार्यक्रमको मात्र प्रचार मात्र गरेको भएपनि पछिल्लो क्रममा बाढी पहिरो पिडितहरुको सहयोगार्थ कार्यक्रम हुने जनाएको हो। 

आईसीसी सदस्य रानाभाटको पहलमा संकलित रकम :

१) दीप श्रेष्ठ   -५१ युरो 

२)महेश घिमिरे  -१५१ युरो 

३) हेमन्त रानाभाट  ~५१ युरो 

४)मुक्त ब. गुरुङ ~१०५ युरो 

५) सुनील रानाभाट~ १०१ युरो 

६) कमल थापा ~२१ युरो 

७)हेम सेर्पा~१०५ युरो 

८)सुरेन्द्र भुजेल~१५१ युरो 

९)यज्ञ नारायण पौडेल-४१ युरो 

१०)केशब राज कंडेल-५० युरो 

११)अक्कल बोहोरा -५० युरो 

१२)केदार नाथ ढुंगना-५१ युरो 

 

यस्तो छ एनआरएनए केन्द्रको सर्कुलेसन :

 

सबैमा नमस्कार । 

 

यस हप्ताको आइतवार देखी हाल सम्म परेको अविरल वर्षाकाका कारण नेपालका पूर्वी तथा पश्चिमि भेगहरु प्रभावित भएका छन् । यसबाट ठूलो मात्रामा जन धनको क्षति भई हजारौं व्यक्तिहरु प्रभावित भएका छन् । यसबाट दिवगंत हुनु भएका व्यक्तिका परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछौ । यस प्राकृतिक प्रकोपबाट बढी क्षती बेहोर्नु परेको कैलाली जिल्लाका अति प्रभावित परिवारहरुका लागि हाल नेपालमा रहनु भएका संघका पदाधिकारीहरु प्रत्यक्ष सहभागी भई राहत वितरण गर्ने योजना रहेको छ । 

 गैरआवासीय नेपाली संघले मातृभूमीमा आइपरेको आपत विपतमा जहिले पनि सहयोग गर्दै आएको यहाँहरुलाई अवगत नै छ । तसर्थ यस मानवीय कार्यको लागि आफूले सक्दो सहयोग गर्न सम्पुर्ण राष्ट्रिय समन्वय परिषदहरु तथा गैरआवासीय नेपालीहरुमा हार्दिक अपिल गर्दछौ । 

 सहयोग रकम तलको खातामा पठाइ सचिवालयलाई जानकारी गरउन हुन समेत अनुरोध गर्दछौ । 

  Transfer to NRNA Emergency Fund Account  

Account No     :          024010510000034       

Beneficiary : NRNA Emergency Fund  

Bank                :          Sanima Bank Limited. 

Branch            :           Teku, Kathmandu 

Swift                :          SNMANPKA 

  

 कुमार पन्त 

अध्यक्ष