कांग्रेस नेताहरु गगन थापा र अर्जुन जोशी जर्मनी आउँदै


बर्लिन, जर्मनी । नेपाली कांग्रेसका नेताहरु गगन थापा तथा अर्जुन जोशी कार्यक्रमको शिलसिलामा जर्मनी आउने भएका छन् । जनसम्पर्क समिति जर्मनीको अधिवेशनको लागि उनीहरु आउन लागेका हुन् ।

यहि आउँदो जुलाई २७ मा जनसम्पर्क समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्न नेताहरु आउन लागेको बर्लिन बाट युरोपेली जनसम्पक समितिका अध्यक्ष दिल गुरुङले टेलिफोनमा बताए । उनले बताए अनुसार नेताहरु संग संविधानको मसौदाका बारेमा प्रवासी नेपालीका आवाज उपर छलफल पनि गरिनेछ ।

नेतृत्वका लागी दुइ उम्मेदवार

यस अधिवेशनले नयाँ नेतृत्वको चयन पनि गर्ने छ । आगामी कार्यकालको अध्यक्ष पदको  लागी दुइ जना आकांक्षी देखिएका छन् । मनोयन दर्ता गर्ने अन्तीम दिनसम्म विजय मोक्तान र शिखर खड्का को मनोनयन परेको छ । यसैगरी महामन्त्रीमा शंकर डाँगी निर्विरोध निर्वाचीत बनेको स्रोतले बतायो । निर्वाचन समितिले निर्वाचन कार्यतालिका बनाएकोले सोहि अनुरुप अगाडी बढे पनि सहमतीमा नेतृत्वको चयन हुन सक्नेमा सबैले जोड दिएको गुरुङले बताए ।

कार्यक्रमको शिलशिलामा जर्मनी आउँदा संविधानको मसौदाका बारेमा प्रवासी नेपाली संग छलफल तथा परामर्स गर्ने कुरा निकै सकारात्मक देखिएको छ ।