हाईवे टु धम्पुसललाई मड्रिड फेस्टिबलमा २ अन्तराष्ट्रिय अवार्ड


वसन्त रानाभाट / स्पेन
मड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०१५ मा हाईवे टु धम्पुसले दुई बटा अन्तराष्ट्रिय अवार्ड जितको छ। फेस्टिभलमा बेष्ट फिचर फिल्म र बेस्ट लिड एक्ट्रिस तर्फ अवार्ड चुम्दै २ बटा अन्तराष्ट्रिय अवार्ड भित्राएको हो।

बेलायती अभिनेत्री रिचेल हर्डवुडले बेस्ट लिड एक्ट्रिसको उपाधि चुम्दै अवार्ड ग्रहण गरिन्। यस्तै चलचित्रका निर्माता जोन डे ब्लास विलियमले बेष्ट फिचर फिल्मको ट्रफी उचाले। निर्देशक रिक म्याक फारल्याण्ड पनि महोत्सवमा सहभागी थिए।

नेपाली नायक राजबल्लभ कोईरालाले सोही चलचित्रबाट आफ्नो हलिउड यात्रा तय गरेका थिए। कोईरालाले स्पेन आउँने आफ्नो योजना भए पनि अन्तिम समयमा बिशेष कारण बश आउँन नसकेको जानकारी दिए। कोईराला भने,” आफ्नो फिल्मले यसरी अन्तराष्ट्रिय स्तरका अवार्डहरुमा सफलता हात पार्दै जाँदा, अझ आँफुलाई काम गर्न हौसला मिलेको छ ।

गत साता स्पेनको राजधानी मड्रिडमा सम्पन्न अन्तराष्ट्रिय स्तरको फेस्टिभलमा बिश्व भरका उत्कृष्ट चलचित्रहरु छनोटमा परेका थिए। उत्कृष्ट चलचित्रका कलाकर्मीहरु लगायत बिश्वभरबाट बिभिन्न विधामा मनोनित भएका चलचित्रका निर्मार्ता,निर्देशक,कलाकारहरुले उल्लेखनिय सहभागिता रहेको थियो।

महोत्सवको दौरानमा हाईवे टु धम्पुसको बिशेष शो को समेत आयोजना गरिएको थियो। नेपालका सुन्दर ठाउँहरुका दृश्यहरु समाबेश गरिएको चलचित्र देखाउँदै,सहभागीहरुलाई नेपाल घुम्न जान प्रेरित समेत गरियो।

पोखरा, धम्पुस ,काठमाडौ, लगायत अमेरिकाका बिभिन्न स्थानमा छायाँङ्कन गरिएको हलिउड चलचित्रमा गार्नर राइट, सुएसा राणा, देशभक्त खनाल, सोफी म्याकसेरा, सुयुस गुरुङ लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

यस अघि पनि हाईवे टु धम्पुसले “हर्ट ल्याण्ड फिल्म फेस्टिभल” र “सोहो फेस्टिभलमा” अन्तराष्ट्रिय स्तरका अवार्डहरु जिती सकेको छ।