“सुनकलीका संघर्षहरु” निर्देशक भोजराज भाटको अन्तरबार्ता


बार्सिलोना/

पत्रकार भोजराज भाटद्वारा निर्देशित डकुमेन्ट्री ‘सुनकली’ ले सफलता माथि सफलता पाईरहदा प्रबासमा रहेका नेपालीहरुलाई अझ चासो बढ्दै गएको छ। सुनकलीले अर्बाड माथि अर्बाड थुपार्दै गर्दा प्रबासी नेपालीहरुले डकुमेन्ट्री हेर्न चासो देखाएका हुन्।

‘वल्र्ड प्रिमियर’ किम्फको १२ औं संस्करणमा सुनकलीले एक हजार अमेरिकी डलरको इसिमोड अवार्ड र जुरी अवार्ड जितेको थियो । यस्तै स्लोभानियाँको माउन्टेन फिल्म फेस्टिबल दोम्जालेमामा जुरी अवार्ड र टोरन्टो नेपाली फिल्म फेस्टिबलमा एक हजार अमेरिकी डलरको अडियन्स च्वाइस अवार्ड पनि हात पार्यो । हालै पाकिस्तानमा सपन्न भएको इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल (पिम्फ) मा उक्त डकुमेन्ट्री सर्वोत्कृष्ट हुँदै अवार्ड जितेको छ ।

आखिर सुनकली कस्तो डकुमेन्ट्री हो त ? यो बारे निर्देशक भाटले एक फुटबल च्यानललाई दिएको अन्तरबार्ता हेर्नुहोस्।