पोखरामा बलात्कार विरुद्ध हजारौ सहभागी सडकमा


पोखरा/ देशका विभिन्न भागमा भएका बलात्कार घटनामा संलग्नलाई कार्वाहीको माग गदै पोखरामा सोमबार बलात्कार विरुद्ध आयोजना गरिएको र्यालीमा हजारौ पोखरेली महिलाहरु सडकमा उत्रिए ।

पोखरासहित देशका विभिन्न क्षेत्रमा भएका बलत्कारका घट्नाका दोषीलाई कडा कारवाहीको माग उनीहरु सडकमा उत्रेका हुन् ।

बलत्कार विरुद्ध अभियान मुल आयोजक समिति कास्कीको आयोजनामा भएको र्यालीमा राजनैतिक दलका प्रतिनिधि,युवा, विद्यार्थी,लायन्स क्लव, युवा क्लव, सहकारी संस्था, मानवअधिकार तथा महिलाअधिकारको क्षेत्रमा क्रियाशिल संस्था, विभिन्न नागरीक समाजका प्रतिनिधिकोआमा समुह, टोल विकास संस्था, सहभागिता थियो ।Ryali-Photo-660x330

पोखराको चिप्लेढुङगाबाट सुरु भएको र्याली पोखरा सभागृहमा पुगेर समापन भएको थियो । कार्यक्रममा महिला अधिकारकर्मीहरुले बलात्कारीलाई कडा भन्दा कडा कारबाहीका लागि कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्

¥यालीमा सहभागीहरुले बलात्कारीलाई फाँसी दे, वलात्कार विरुद्ध कडा कानुन निर्माण गर, पिडितलाई तत्काल सुरक्षा सहितको न्याय देउ, वलात्कारीलाई सर्वस्व सहित आजीवन कारावासको व्यवस्था गर, अपराधीलाई राजनैतिक संरक्षण नदे लगायतका नाराहरु लगाईएको थियो ।

पुजा शाह देखी पोखरामा आईतबार मात्रै श्रीमानको दानवीय व्यवहारबाट मृत्यु भएकी लक्ष्मी अधिकारी तथा हालसम्म लैगिक हिंसाका कारण मृत्यु भएका महिलाहरुको आत्माको चिरशान्तीको कामना गर्दै मौनधारण गरिएको थियो ।

woman protest agains Rape_Pokhara1

कार्यक्रमको समापन गर्दै अभियान मुल आयोजक समितिका संयोजक नेपाल पत्रकार महांघका केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पौडेलले ¥यालिमा सहभागि भएर एक्यवद्धता जनाउने सवैलाई धन्यवाद ज्ञापन गर्दै मुल आयोजक समतिको स्वत सदस्य रहेको वताइन् । उनले बलात्कारी विरुद्ध कडा कानुन निर्माण नभएसम्म यो अभियान जारी रहने बताउँदै अब यस्ता घटना दोहोरिन नदिन दवाव ¥याली दवाव दिएको बताइन् । साथै, यस्ता प्रकारका जघन्य अपराधको कानुनमा संशोधन गरी पीडितलाई तत्काल उचित न्यायको व्यवस्थाका साथै पिडकलाई सर्वश्व सहितको आजीन कारावासको व्यवस्था गरिनुपर्नेमा जोड दिइन् ।

त्यस्तै कडा कानुनको माग गर्दै हस्ताक्षर संकलन समेत गरिएको थियो । मुल आयोजक समितिले उक्त हस्ताक्षर सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बझाइने कार्यक्रम रहेको छ भने कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीलाई आईतवार नै मुल आयोजक समितिले ज्ञापन पत्र बुझाईसकेको छ ।