एनआरएन केन्द्रीय कार्यालयको विशेष समारोहकाबीच शिलान्यास


काठमाडौं / गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयको विशेष समारोहकाबीच शिलान्यास गरिएको छ । बालुवाटारमा रहेको संघको जग्गामा सोमबार प्रधानमन्त्री सुशील कोइरालाले भवनको शिलान्यास गरेका हुन् ।

संघको भवन शिलान्यास कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतको सहभागिता रहेको छ । साथै भवन शिलान्यासका लागि विभिन्न मुलुकबाट गैरआवासीय नेपालीहरु नेपाल आएका छन् ।

foundation-laying-ceremony-91

झण्डै एक महिनाअघि गैरआवासीय नेपाली संघले भवन निर्माणका लागि करिव १३ करोड रुपैयाँको लागतमा जग्गा खरिद गरेको थियो । भवन निर्माणका लागि एनआरएन अध्यक्ष शेषलेको अगुवाईमा बिगत एक बर्षदेखि बिश्वभर रकम संकलन अभियान संचालन भइरहेको थियो ।

संसारभरका एनआरएनको एकताको प्रतिकका रुपमा भवन निर्माण गर्ने भन्दै अध्यक्ष घलेले रकम संकलन अभियान संचालन गरेका थिए ।‘हाम्रो सपना साकार हुने दिन आएको छ, शिलन्याससँगै निर्माण कार्य तिब्ररुपमा अगाडी बढ्छ’ अध्यक्ष घलेले भने ।

10392406_10155272383195284_6261995686881819173_n