आङ खस्ने महिलाहरुको उपाचार खर्च जुटाउदै स्पेनमा नारी दिबस मनाईयो


– बसन्त रानाभाट
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन स्थित महिला फोरमले अन्तराष्ट्रिय नारी दिबस मनाएको छ। मार्च ८ तारिक, १०५ औं अन्तर्राष्ट्रिय नारी दिबसको उपलक्ष्यमा फोरमले बार्सिलोनामा कार्यक्रमको आयोजना गरि मनाएको हो।

“एक महिला एक यूरो” को अभियानलाई जोड दिदै आएको फोरमले नेपालको दुर्गम ठाउँमा बसोवास गर्ने अधिकतम महिलाहरुको समस्या आङ खस्ने रोगको उपाचारमा सहयोग गर्ने भएको छ। आङ तथा पाठेघर खस्ने समस्या भएका तिन जना महिलाहरुलाई शल्यक्रिया गर्दा लाग्ने खर्च जुटाएर पठाउने फोरमले निर्णय गरेको छ। एक जनाको शल्यक्रिया गर्दा करिब २० हजार रुपैया बराबर खर्च लाग्ने बताईएको छ।11053235_1378973429090134_5391351596957124886_n

अन्तराष्ट्रिय समन्वय परिषदले निशुल्क स्वास्थ्य सेबा दिदै आएको अभियानमा फोरमले पनि सहयोग गर्दै साथ दिएको हो। स्पेनमा बिगत १ बर्ष देखि ४५ जना महिलाहरुले प्रत्येक महिना एक – एक युरो संकलन गर्दै आएका छन्। बाकि रकम बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको स्व: ईच्छाबाट गरेको सहयोगबाट उपाचार खर्च जुटाएको हो।दुर्गम जिल्लाका महिलाहरुलाई लक्षित गरि शुरु गरिएको “एक महिला एक यूरो” को अभियान स्पेन ,पोर्चुगल,बेल्जियम,फ्रान्स,डेनमार्क लगायत बिभिन्न मुलुकहरुमा पनि जारी रहेको छ।10856780_955831961113938_6263414123618430949_o

यस अघि अन्तराष्ट्रिय परिषद्ले गैरआवासीय नेपाली दिवसको अवसर पारेर सुदुर पश्चिमाञ्चलको धनगढीमा निशुल्क स्वास्थ्य शिविर गत नोभेम्बरमा सम्पन्न गरेको थियो । आङ तथा पाठेघर खस्ने समस्या भएका ‍१५३ जना महिलाहरुले शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए। ति मध्ये ३८ जना महिलाहरुको निशुल्क शल्यक्रिया गराएर स्वास्थ्य लाभ लिएका थिए।11015781_426591050849803_5193531030228208883_n

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य दिपक खरेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा महिला अधिकार, महिला सशक्तिकरण र समानताका विषयमा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

महिला संयोजक शितल भुर्तेल भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथीको रुपमा एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी,नेपाली जनसम्पर्क समिती स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मंच अध्यक्ष दिनेश गुरुङ,प्रेम कुमारी भुसाल,गीता कडेल,ज्योती गुरुङ,सरला सापकोटा,बिनिता रेग्मी खनाल, हेम शेर्पा,बेन बहादुर गुरुङ, सन्तोष श्रेष्ठ ,लक्ष्मण शर्मा,हेमन्त रानाभाट लगायतले बिभिन्न संघसस्थाको तर्फबाट आ- आफ्नो बिचार राखेका थिए।

11024744_597677483701808_6298521854652847201_n11057750_426590880849820_7528162987485010953_n11042104_951738424845290_508640911_n

11025777_1378973372423473_6906495489613525528_n

11062328_1378973082423502_7030031138049966662_n

11041586_1378973179090159_1438130056415933640_n

 

11046558_1378973689090108_3022973709620570386_n