पोखरा छोरेपाटनमा १६ जना जुवाडे पक्राउ


पोखरा –१७ छोरेपाटनमा जुवा खालबाटै १७ जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको विशेष सूचनाको आधारमा छोरेपाटनका यम बहादुर गुरुङको घरमा पुगेको बैदाम प्रहरीको टोलीले १६ जना जुवाडेलाई रकमसहित पक्राउ गरेको हो ।

६१ हजार रुपैयाँ र ताससहित पक्राउ परेका सबैजनालाई जुवा मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पोखरा १७ बस्ने धनबहादुर मोक्तान, सोही ठाउँका नरकाजी गुरुङ, संजिव शाही, मिन बहादुर गुरुङ, यमबहादुर गुरुङ टेक बहादुर गुरुङ रहेका छन् । त्यसैगरी सोही ठाउँका मेख बहादुर गुरुङ, विजय सुनार, लिलबहादुर गुरुङ, हरि गुरुङ, अर्जुन गुरुङ बलबहादुर गुरुङ, हिरा बहादुर क्षेत्री, केश बहादुर गुरुङ, राम बहादुर केसी र प्रसाद गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।