स्पेनमा तथ्याङ्क संकलन कार्यलाई तत्काल शुरु गर्छौ – एनआरएनए स्पेन


– बसन्त रानाभाट
बार्सिलोना/
गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनले यहा स्थित नेपालीहरुको तथ्याङ्क संकलन कार्यलाई आफ्नो प्रमुख प्राथमिकतामा पारेको छ। बार्षिक साधारण सभामा भाबी कार्ययोजना प्रस्तुत गर्दै यसबारे संघले चासो दिएको हो।

बिभिन्न संघ सस्थाहरुको सहयोगमा तथ्याङ्क संकलन कार्यलाई तत्काल शुरु गर्ने संघले जनाएको छ। पटकपटक स्पेनमा तथ्याङ्क संकलनको बिषयमा छलफल हुने गरे पनि ठोस रुपमा कार्य भने आरम्भ हुन सकेको छैन। यकिन संख्याको कुनै आधार नभए पनि स्पेनमा करिब १० हजार नेपालीहरु रहेको अनुमान मात्र गरिदै आएको छ।

बार्सिलोनामा सम्पन्न संघको बार्षिक साधारण सभाले सचिब कृष्ण हरि कडेलले प्रस्तुत गरेको सस्थागत प्रतिबेदन र कोषाध्यक्ष हेमन्त रानाभाटको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित गरेको छ। संघका उपाध्यक्ष अर्जुन आचार्यले भाबी कार्ययोजनाहरु बारे जानकारी गराएका थिए भने महिला फोरमका गतिबिधिहरुलाई समेटेर संयोजक शितल भुर्तेल भुसालले प्रतिबेदन पेश गरेकी थिइन्।

अन्तरास्ट्रिय समन्वय परिषद् सदस्य दिपक खरेलले कार्यक्रमको उद्घाटन गर्दै संघका सम्पुर्ण गतिबिधिहरुलाई आफुले केन्द्रमा जानकारी गराईरहेको बताए। संघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबासी नेपाली मन्च स्पेनका अध्यक्ष दिनेश गुरुङ,नेपाली जनसम्पर्क समितीका अध्यक्ष शालिकराम डुम्रे,जन प्रगतीशील मंच( एमाओबादी) अध्यक्ष महेश्वर कडेल लगायत स्पेन स्थित बिभिन्न संघसस्थाका प्रतिनिधीहरुले आ-आफ्नो बिचार राखेका थिए।

तुलानात्मक रुपमा संघका अन्य कार्यक्रम र गतिबिधीहरु भन्दा साधारण सभामा स्पेनबासी नेपालीहरुको सहभागिता भने कम रहेको थियो। कार्यक्रमको संचालन प्रबक्ता सन्तोष श्रेष्ठले गरेका थिए।11026542_927333250634169_259710227_n

गत बर्ष डिसेम्बर अगाडी नै साधारण सभा सम्पन्न गरिसक्नु पर्ने भए पनि ढिलो गरि सम्पन्न भएको छ।सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौ महिला सम्मेलनको बिषयमा उठेका अनियमितताका प्रसंगहरु छानबिनै क्रममा रहेको बेला नै साधारण सभा गर्ने मिति परेकोले समयमा गर्न नसकिएको संघले जनाएको छ।

आर्थिक छानबिन र अनुशासन समितिले कुनै किसिमका अनियमितता नभएको ठहर पछि क्षेत्रीय बैठकका बिबादित बिषयमा टुङ्गो लगाए पनि, दुताबास स्थापनाको माग सहित नेपाल डेलीकेसन जाने संघको निर्णयले साधारण सभाको मिति फेरी धकेलिएको थियो।

संघको कल्याणकारी (राहत) कोषमा ४ हजार ५ सय युरो बचत

एनआरएनए स्पेनले स्थापना गरेको कल्याणकारी (राहत) कोषमा ४ हजार ५ सय ३४ युरो बचत रहेको कोषाध्यक्ष हेमन्त रानाभाटले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनले जनाएको छ। यस्तै हालको कार्य समितिको अहिले सम्मको आम्दानी तर्फ ८ हजार ४ सय ८ युरो २० सेन्ट र खर्च तर्फ ८ हजार ६८ युरो ७६ सेन्ट देखाइएको छ। संघको कोषमा खर्च र आम्दानी बराबर जस्तै देखिए पनि संघकै कल्याणकारी (राहत) कोषमा भने रकम बचत गर्न सफल भएको छ।

बिधान संशोधन सहित पारित

संघको बार्षिक साधारण सभाले एक जना प्रबक्ता रहने गरि बिधान संशोधन समितीले तयार गरेको प्रतिबेदन पारित गरेको छ। सस्थाका गितिबिधिहरुलाई संचार माध्यममा पुर्याउने मुख्य जिम्मेबारी दिदै प्रबक्ताको प्राबधान संघको विधानमा थपिएको छ। संशोधन समितिका सदस्य लक्ष्मण शर्माले प्रस्तुत गरेको प्रतिबेदन अनुसार क्षेत्रीय समितिको अध्यक्षलाई संघको पदेन सदस्यमा रुपमा मनोनित गरिने भएको छ।

संघका आगामी कार्ययोजनाहरु

नेपाललाई बिश्व सामु चिनाउने लक्ष्य सहित संघले नेपाल प्रबद्दन साँझ सन् २०१५को आयोजना गर्ने भएको छ। स्पेनिस समुदाय माझ नेपाललाई चिनाउने र प्रर्यटन बिकासमा टेवा पुग्ने कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिने भएको हो। बुद्द पूर्णिमाको अबसरमा कार्यकम्र गर्ने संघले यस अघि नै निर्णय गरिसकेको थियो । यस्तै संघको कल्याणकारी (राहत) कोष बृद्दी गर्न राहतकोषका सदस्यहरुलाई परिचालन गर्ने निर्णय गरेको छ। फुटबलको लागि संसार कै लोकप्रिय देश मध्ये पर्ने स्पेनमा हुर्केका नेपाली बालबालिकाहरुलाई ब्यबसायिक फुटबल खेल्नका लागि प्रेरेणा दिन क्लबहरु सँग सहकार्य गर्दै अगाडि बढ्ने कार्ययोजना बनाएको छ। तर अहिले सम्म आफ्नै कार्यलयमा स्थापना गर्न नसकेको संघले कार्यालय खोली नेपालीहरुलाई टेवा दिने जस्ता कामलाई लिखित रुपमा कार्ययोजनामा राख्न भने चुकेको छ।

स्थानीय मिडियाहरुलाई सम्मान

स्पेनबासी नेपालीहरु र नेपाली संघ सस्थाका कार्यक्रम सम्बन्धी समाचारहरुलाई सबै सामु पुर्याएको भन्दै स्थानीय नेपाली अनलाईन मिडियाहरुलाई सम्मान गरेको छ। संघले बार्षिक साधारणको अबसरमा नै प्रशंसा पत्र प्रदान गर्दै मिडियाहरुलाई सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि आईसीसी सदस्य खरेलले नेपालीनेपाली डटकम,रेडियो स्पेननेपाल,स्पेन खबर डटकम र नेपाली वेभका प्रतिनिधिहरू प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए।11016094_422103527965222_24041103358907115_n