विवादास्पद राजदूत स्पार्क्स बेलायत फर्किए


काठमाडौँ/- नेपालको आन्तरिक मामिलामा जथाभावी बोलेको भन्दै विवादित बनेका नेपालका लागि संयुक्त अधिराज्यका राजदूत एन्ड्रयू जेम्स स्पार्क्स आफ्नो कार्यकाल सकेर बेलायत फर्किएका छन् । फर्कनुअघि उनले प्रधानमन्त्री सुशील कोइरालासँग बिदाई भेट समेत गरेका छन् ।

प्रधानमन्त्री कोइराला र राजदूत स्पार्क्सबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु बीच भएको भेटमा नेपाल बेलायतको कुटनीतिक सम्बन्ध र नेपालको समसामयिक राजनीतिक अवस्थाबारेमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री कोइरालाले आफू मुलुकमा लोकतन्त्रको संस्थागत विकास, संविधानको निर्माण, शान्ति, स्थायित्व र विकासका लागि समर्पित भएर लागेको बताउँदै त्यसमा सबैको सहयोग र शुभेच्छाको अपेक्षा गरेको बतए ।

सो अवसरमा राजदूत स्पार्क्सले आफ्नो नेपाल बसाइ स्मरणीय रहनुका साथै भावनात्मक सम्बन्ध कायम भएको बताउदै आफ्नो कार्यकालमा स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा काम गर्न पाएको तथा नेपाल बेलायतबीचमा दौत्य सम्बन्ध कायम भएको दुई शताब्दीका कार्यक्रमहरु तय भएको पनि बताए ।