डेनमार्कबाट नेविसंघ कार्यकर्तालाई उपचार सहयोग


दुवै मृगौलामा संक्रमण भएका कारण उपचारका क्रममा रहेका नेवि संघ कार्यकर्ता योगेश भण्डारीलाई जनसम्पर्क समिति डेनमार्कले आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष रामचन्द्र पाठकको सक्रियतामा संकलन गरिएको ६८ हजार ५ सय ८२ रुपैयाँ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले शुक्रबार हस्तान्तरण गरेको अनलाईनखबरले जनाएको छ।

तीन महनिादेखी त्रिवि शिक्षण अस्पतालमा उपचाररत भण्डारीका दाजु गगन भण्डारीलाई केन्द्रीय सदस्य पौडेलले अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरेको नेविसंघ मनोहर क्याम्पसका सभापति निरन्जन थापाले जानकारी दिए ।

सहयोग हस्तान्तरण गर्दै पौडेलले भण्डारीको स्वास्थ्य लाभको कामना गर्नुका साथै थप सहयोगको प्रतिबद्धता व्यक्त गरे । दुवै मृगौला फेल भएका भण्डारी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व स्ववियु सचिव हुन् ।