कास्की लेखनाथमा चितुवाको आक्रमणबाट २ जना घाईते


– सागर राज तिमिल्सिना

पोखरा/अस्पतालको बेडमा अनुहार भरि टाकै टाका लगाएर विरामी सुतिरहेकी छन् । वरपर भेट्न आउनेहरु चारै तिर छन् । एक छेउमा सुक्क सुक्क गर्दै कोही रोही रहेकी छन् । अनुहारमा गरी सक्नु टाका छैनन् । निधार, टाउको, गाला, ओठ, आखाँ सबै तिर टाकै टाका । बोल्न पनि बल्ल बल्ल गरि सुस्तो सुस्तो ।

मनिपाल अस्पतालको बेडमा सुतिरहेकी कास्कीको लेखनाथ १० खोलाबेसशीकी ५० वर्षिय रमा सुबेदीको यस्तो अवस्था देखेर जोकोहिको पनि मन रुन सक्छ । बुधबार राती चितुवको आक्रमणमा परि घाइते भएकी उनको अवस्था देखे पछि उनलाई भट्न आउने सुक्क सुक्क गर्दै थिए । उनि मात्रै हैन उनकी ७० वर्षिया आमा जुमना बराल पनि चितुवाको आक्रमणमा परि गम्भीर घाइते छन् ।

सुस्त सुस्त बोल्दै सुबेदीले भनिन् ‘बाख्रोको खोरमा चितुवा परेपछि सगँ जोडीएको कोठामा सुतिरहेका आमा छोरीले हाहु गर्दा चितुवाले आक्रमण ग¥यो’ उनले भनिन् ‘टच लाइट बालेर धपाउन जादा पहिले आमालाई आक्रमण ग¥यो आमालाई बचाउन जादा मलाई पनि आक्रमण ग¥यो ।’ सुबेदीले चितुवाले दुबै पन्जाले बारम्बार आक्रमण गरेपछि टच लाईट निभाएको बताउदै टचलाई निभाए पछि चितुवाले आक्रमण गर्न छोडेको बताइन् ।

चितुवाले आक्रमण गर्दा त मेरो लिला यति नै रहेछ भन्ने लागेको थियो । अस्पताल आए पछि अब बाचिन्छ कि भन्ने लागेको छ । तिन दिन अगाडी छोरीको घर गएकी बरालको एउटा कान र हात नै गुमाएकी छन् । उनको पनि अनुहार र टाउकोमा समेत आक्रमणबाट छिया छिया भएको छ । बाख्राको खोरमा चितुवा छिरेपछि लखेट्ने क्रममा घरभित्रै छिरेर उनीहरुमाथी आक्रमण गरेको घाईते रमाका छोरा शंकर सुवेदीले बताए ।

घाईतेहरुको टाउको, छाती, हात र अनुहारमा चोट लागेको छ । घाईते दुबै जनाको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । बाख्राको खोरमा छिरेर बाहिर निस्कन नसकेपछि चितुवा घरभित्र छिरेको सुबेदीले बताए । पहिले २ वटा बाख्रा मारे पछि घरभित्र पसेको सुवेदीले बताए । घाइतेका श्रीमान् बलराम सुबेदीले घर भित्र छिरेको चितुवालाई बाहिर झयालबाट हसियाले हाने पछि भागेको बताए । उनले सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा निबेदन दिएको बताए । उनको बाख्रा फारम रहेको छ ।

फेरी चितुवा आए पछि गाउँले आतंकीत

बुधबार चितुवाले आक्रमण गरेर दुई जनालाई घाइते बनाएको चितुवा फेरी गाउँमा आए पछि गाउँले आतंकीत बनेका छन् । विहिबार साझँ चितुवा गाउँ छिरे पछि गाउँलेहरु आतिएका छन् । उनीहरुले विहिबार सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा माग समेत गरेका थिए । फेरी चितुवा आएर सबै जना डराएको स्थानीय कमल सुबेदीले बताए । गाउँमा भएका साँझ मै घर भित्र छिरिसकेका छन् तर पनि चितुवा कराउदै आएको डरले आतिएको छन् उनले भने । पहिले गाउँमा कहिले पनि यस्तो घटना नभएको बताए ।