श्वेता खड्काको पिडा (अडियो)


पति श्रीकृष्ण श्रेष्ठको निधनपछि शोकमा रहेकी नायिका श्वेता खड्काले आगामी दिनमा दुःखीको सेवा गर्ने इच्छा व्यक्त गरेकी छन् ।

तर, विवाह भएको एक महिना नपुग्दै पतिलाई गुमाएकी श्वेता अझै गहिरो शोकमा छिन् । पतिको निधनपछि झण्डै चार महिना ओछ्यानमा थलिएकी श्वेतामा अहिले ढाडको नाशामा समस्या देखिएको छ ।

बीबीसी नेपाली सेवाका लागि सुमन खेरलसँग कुराकानी गर्दै श्वेताले भनिन्-‘अहिले आफैंले औषधि खाइरहेको छु । मलाई अझै केही समय लाग्छ ।’