बार्सिलोनको जीतमा स्वरेजको दुई गोल,मेस्सीले पेनाल्टी चुकाए


म्यान्चेस्टर,/  लिभरपुलबाट बार्सिलोना स्तानान्तरण भएपछि इंग्ल्याण्डमा पहिलोे पटक फर्किएका लुइस स्वरेजले दुई गोल गर्दा बार्सिलोनाले म्यान्चेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

च्याम्पियन्स लिग अन्तरगत अन्तिम १६ को मंगलबार राती भएको खेलको पहिलो हाफमा दुई गोल गर्दै बार्सिलोनालाई खेलमा बलियो स्थितिमा पुर्याएका छन् ।

म्यानचेष्टर सिटीको घरेलु मैदान इत्तेहादमा भएको खेलमा बार्सिलोनाले १६ औं मिनेटमा स्वरेजको गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा स्वरेजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।
६९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे । ७४ औं मिनेटमा सिटीका क्लीसीले रातो कार्ड पाए ।

खेलको अन्तिममा बार्सिलोनाले पेनाल्टी पायो ।तर, बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुके । मेस्सीको प्रहार जोए हार्टले रोके ।

बार्सिलोना र म्यानचेष्टर सिटीबीचको दोस्रो लेग मार्च १८ मा घरेलु मैदान नाउ क्यापमा हुनेछ ।