पन्ध्र सेकेण्डमै आगो निभाउने प्रबिधि पोखरामा


पोखरा /फायर रेस्क्यु सर्भिस प्रालिले १५ सेकेण्डमै आगोलागी नियन्त्रण गर्ने अत्याधुनिक जापानिज प्रविधि पोखरा भित्राउने भएको छ । आगोलाइ दश देखी पन्ध्र सेकेण्डमै नियन्त्रण गर्न सकिने उक्त प्रबिधी धेरै ठाउँमा सफल परिक्षण र प्रयोग समेत भइसकेको कंपनीले जनाएको छ ।

फायर रेस्क्यु नाम दिइएको उक्त प्रबिधिको यही पोखरामा समेत यही फाल्गुन १३ गते परिक्षण गरिने भएको छ । दिउँसो १ बजे हुने उक्त परिक्षण अवलोकनका लागि आउन सम्पुर्ण कास्की बासीमा कंपनीले आग्रह गरेको छ । पोखराको नयाँ बजार स्थित प्रर्दशनी केन्द्रमा घर बनाएर आगो नियन्त्रणको डेमो प्रर्दशन गरीने कंपनीका निर्देशक युवा उद्यमी राजु क्षेत्रीले जानकारी दिए । यसअघि काठमाण्डौमा यसको सफल डेमो प्रर्दशन भइसकेको छ ।

घर, होटल, रेष्टुँरा, पसल, अफिस, अस्पताल, बैंक, स्कुल र गाडी लगायतका ठाउँमा हुन सक्ने संभावित आगलागीका घटनाबाट हुने जोखिम अन्त्य गर्नका लागि यो प्रविधि सफल हुने कंपनीको दाबी छ । दक्षिण एसियामानै पहिलो पटक नेपाल भित्रिएको यो यन्त्र प्लाष्टिकको ६ सय ५० मिलिको सानो बोत्तलमा उपलब्ध रहेको छ ।

जापानिज प्रबिधीबाट बनेको यो यन्त्र प्रयोगले सजिलो र छिटो आगलागी नियन्त्रण गर्न सकिने भएकाले यसको माग समेत बढ्दै गएको कंपनीका निर्देशक चिरञ्जीवी चुडालले वताए ।