स्याङ्जा सहयोग समाज स्पेनको पहिलो अधिबेशन सम्पन्न,अध्यक्षमा बेन बहादुर गुरुङ


 – बसन्त रानाभाट 

बार्सिलोना / स्याङ्जा सहयोग समाज स्पेनको पहिलो अधिबेशनले बेन बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ। बार्सिलोनामा आईतबार सम्पन्न अधिबेशनले सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको उपाध्यक्षमा हेमन्त रानाभाट र लिल बहादुर रोकाहा,महासचिव दिर्घ नारायण रेग्मी,सचिव सुनील रानाभाट र कोषाध्यक्षमा सुजिता श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरूमा बिनोद लामिछाने ,दीपक भट्टाराई ,सिमा गुरुङ,पोपेन्द्र गुरुङ्, सुजन क्षेत्री ,कमल थापा ,कुशल डुम्रे ,याममाया गुरुङ,अर्जुन पोख्रेल ,तुल बहादुर आले,अमर ध्वज गुरुङ र धन बहादुर केसी रहेका छन्। बाकि तिन सदस्यहरू भने पछि मनोनित गर्ने समाजले जनाएको छ।

एनआरएनए स्पेनका पुर्ब अध्यक्ष अनिल गुरुङको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ। समितिमा शालिकराम डुम्रे ,रोशन गुरुङ ,गगन कुँवर,पदम प्रसाद भट्टराई ,ओम गुरुङ र भोला लामिछाने रहेका छन्।

10993088_415757861933122_7405765826544725215_n

अधिबेशनलाई प्रमुख अतिथिका रुपमा स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय परिषद् सदस्य सन्तोष श्रेष्ठले उद्घाटन गरेका थिए। कार्यक्रममा प्रबासी नेपाली मंच स्पेनका अध्यक्ष दिनेश गुरुङ,नेपाली जन सम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे,जन प्रगती शिल मंच( एमाओबादी) अध्यक्ष महेश्वर कडेल,एनआरएनए स्पेनका सचिब कृष्ण हरी कडेल लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले बोल्दै नयाँ कार्यसमितिलाई शुभ- कमाना दिएका थिए।

समाजले स्याङ्जा जिल्लामा रहेका जनप्रिय उच्च माबि भाटखोला,जन कल्याण निमाबि थुमपोखरा, धुरुङ् खा उच्च माबि सिर्सेकोट र बाल मन्दिर पुतलीबजारमा अध्ययनरत गरिब तथा जेहेन्दार बिधार्थीहरुको पहिचान गरि पोशाक तथा सामाग्रीहरु बितरण गर्ने घोषणा अधिबेशनमा गरेको छ । पहिलो कार्यको सहयोग रुपमा आगामी ६ महिना भित्र कार्य सम्पन्न गर्ने गरि योजना बनाएको छ ।थप समाजिक कार्यमा सहयोग पुर्याउने लक्ष्य राख्दै समाजले सामाजिक कोषको समेत स्थापना गरेको छ ।

16177_415756531933255_3798601272626911319_n

अधिबेशनको बन्द सत्रमा छलफल गर्दै समाजको बिधान तथा आर्थिक नियमावली पारित भएको उपाध्यक्ष हेमन्त रानाभाटले नेपालीनेपाली डटकमलाई  बताए।

यस अघि सम्पन्न भेलाले वेन बहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन गरेको थियो। सोही भेलाले नै पहिलो अधिबेशन गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया