अमेरिकाको भर्जिनियामा ईश्वरीकाेअन्तिम श्रद्धाञ्जली


 

 विजय थापा

भर्जिनिया / अमेरिकाको भर्जिनियामा निधन भएकी ईश्वरी तुलाधरको शनिवार अन्तिम श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।  ४३ वर्षीय ईश्वरी तुलाधर क्यान्सर (अर्बुद)रोगबाट पीडित थिइन्  ।

सबैसँग मिलीजुली गर्न सक्ने र मृदुभाषी स्व. ईश्वरी तुलाधरलाई श्रद्धा अर्पण गर्न नेपालीहरूको घुँइचो लागेको थियो । उनको पार्थिव शरीर र श्रद्धान्जली ब्यक्त गर्न आउने सबैका आँखा रसाएका थिए भने भावविभोर साथ आत्माको चिर शान्तिको लागि कामना गरे l

iswari-verginiya-1

एरो नेपाल ट्रावल्सका संचालक राकेश तुलाधरले भक्कानिदै धर्मपत्नी ईश्वरीप्रति अन्तिम श्रद्दान्जली दिएका थिए । ११ वर्षीया छोरी रहेकी साक्षीले बिलौना गर्दै आमा तिम्रो सदा सम्झना गर्नेछु भन्दा सबैको गह भरि आँशु भरिएको थियो l उक्त श्रद्धान्जली सभामा नायक सरोज खनालको पनि उपस्थिति थियो ।

इश्वरी १५ वर्ष अघि १४ फेब्रुअरीमा प्रणय दिवसकै दिन अमेरिकाको पति राकेश तुलाधरसँग अमेरिकी भूमिमा अवतरण गरेकी थिइन् । श्रद्धाञ्जली कार्यक्रममा स्व ईश्वरी तुलाधरलाई समर्पित गर्दै बनाएको ८ मिनेट छोटो वृतचित्र देखाईएको थियो l