मेस्सीले नेपालका साढे दुई लाख बिद्यार्थीलाई सघाउँदै


बार्सिलोनाका स्टार लिओनल मेस्सीले नेपालका झण्डै साढे दुई लाख बालबालिकाको शिक्षाका लागि सहयोग जुटाउन अभियान थालेका छन् ।

बार्सिलोना फाउन्डेसनको अगुवाई तथा युनिसेफ र कतारमा रहेको समाजिक संस्था ‘रिच आउट टु एशिया‘को सहयोगमा ‘१ इन ११’ नामक अभियान सुरु भएको छ । जसले नेपालसहित बंगलादेश र इन्डोनेसियामा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाका लागि सहयोग गर्नेछ ।

त्यसका लागि युनिसेफको नेपाल कार्यालयले प्राथमिकताका दश जिल्ला छनौट गर्ने बताइएको छ । ‘ती जिल्लाका बिद्यालयहरुमा माध्यमिक तहसम्म खेलकुदका सामाग्री प्रदान गर्ने, अपाङ्ग बालबालिकालाई शिक्षाको पहुँच दिने र सीमान्तकृत र शिक्षाको पहुँच पुग्न नसकेका बालबालिकालाई बिद्यालयसम्म पुर्‍याउने काम हुने छ’ युनिसेफले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

युनिसेफका सदभावदूतसमेत रहेका स्ट्राइकर मेस्सी र अमेरिकी टेनिस स्टार सेरेना विमियम्सले रकम संकलनका लागि अगुवाई गरिरहेका छन् । source – onlinekhbar