रियलमाथि एथ्लेटिको सन् १९८७ पछि कै शानदार जित


 

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति भएको मड्रिड डर्बीमा एथ्लेटिकोले रियलमाथि ४–० को जित निकालेको हो ।

यसको प्रत्यक्ष फाइदा भने बार्सिलानाले उठाउन सक्नेछ ।

सन् १९८७ पछि एथ्लेटिकोले रियल माथि यति ठुलो फराकिलो अन्तरले जितेको हो। यता रियलको सन् २०१० मा बार्सिलोना सँग ५-० को हार पछिको यो सबै भन्दा ठुलो हार हो। यो सिजनमा एथ्लेटिको सँग भएका ५ खेल मध्ये रियलले ४  खेलमा हार ब्यहोरेको छ भने मात्र एक खेलमात्र बराबरी गरेको छ  तर कुनै पनि खेलमा जित हासिल गर्न सकेन। यदी च्याम्पियन लिगमा पनि यही प्रतिस्पधी पाएमा रियललाई ठुलो धक्का लाग्ने बिस्लेषकहरु बताउछन्।

 आइतबार राति हुने खेलमा उसले जित हात पार्न सके लिग लिडर रियल मड्रिडसँगको अंक दुरीमा एकमा झार्नेछ ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले १४ औं मिनेटमा थिएगोको गोलबाट अग्रता लियो । त्यसको चार मिनेटपछि नै सउल निगुएले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर पारे ।

खेलको ६७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले घरेलु टोलीका लागि तेस्रो गोल गरे । ८९ औं मिनेटमा मारियो मान्जिुकिजले गोल गरेपछि मड्रिड डर्बीमा एथ्लेटिको ४–० ले विजयी भएको छ ।

हारपछि पनि रियल मड्रिड २२ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान ५० अंक छ । तर, बार्सिलोनाले एक खेल कम खेलेको छ ।