बलबहादुरको उपचारार्थ, स्पेनमा तिन दिनमै करिब ७ सय युरो संकलन


बार्सिलोना/
कास्की चापाकोट,धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको उपाचारको लागि स्पेनमा अहिले सम्म करिब ७ सय युरो संकलन भएको छ। गुरुङका सहोदर भान्जा बेलकाजी गुरुङले नेपालीनेपाली डटकमलाई जानकारी दिएर समाचार प्रकाशित भए पछि रकम संकलन भएको हो। समाचार प्रकाशित गरे पछि दाताहरु बढी रहेको र सहयोग आउने क्रम जारी रहेको छ। दुवै मृगौला फेल भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपाचार्थ गुरुङको मृगौला प्रत्यारोपणको लागि सहयोग रकम जुटाईएको हो।

शनिबार मात्र तारानाथ ढल्लाकोटीले ५५ युरो,ओमर बहादुर गुरुङ ( ओला नेपाल) ५१ युरो, नेपाल ग्रामेन्ट बार्सिलोना २० युरो, हेमन्त रानाभाट २० युरो,भोला लामिछाने १० युरो र राजु थापा मगरले १० युरो सहयोग गरेको गुरुङले नेपाली नेपाली डटकमलाई जानकारी दिए।

समाचार प्रकाशित भए पछि धेरै जनाले फोन गर्नु भएको छ,मामाको दुखद खबर समाचारमा पढे भनेर आफै फोन गरेर तारानाथ ढल्लाकोटी ज्युले ५५ युरो सहयोग गर्नु भयो धेरै खुशी लाग्यो गुरुङले भने,” मलाई लाग्छ अब एक दुई दिनमा यसरी नै सहयोग जुट्दै गएमा, एक हजार युरो भन्दा बढी सहयोग आउछ होला ,स्पेनबासि सहयोगीलाई धेरै धेरै धन्यबाद।”

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले स्पेनको परिवेशमा तिन दिनमा नै करिब ७ सय युरो जुट्नुलाई ठुलो उपलब्धि भएको बताए। उनले भने,पिडितका भान्जाले समाचार बनाएर सहयोग लागि अपिल गर्नु पर्यो भने, त्यसै गर्यौ,हामीले त समुदाय माझ पुर्याएका हौ सहयोग गर्ने त स्पेनबासि सहयोगी मनहरु नै हुन्। रानाभाटले थपे,केहि समय अगाडि काभ्रे कि एउटी बालिकालाई रेडियो कार्यक्रम चलाएर स्कुल पठाउन सक्यौ आज कसैको जीबन बचाउन केहि सहयोग गर्न सकिन्छ भने त्यही नै परोपकारी पत्रकारिता हुनेछ।

गुरुङको उपाचार गरिरहेका चिकित्सकका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने र करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने हुदा, आर्थिक अभाबका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबार नै आर्थिक संकटमा परेको छ। गुरुङको परिवारमा श्रीमती,२ छोरा र २ छोरी रहेका छन्।

गुरुङको सहयोगको लागि सहयोग समिति गठन गरि बेलायत,जापान,हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्। सहयोग गर्न ईच्छुक दाताहरुले बल बहादुर गुरुङको नबिल बैक पोखराको खाता नम्बर १२१००१७ ५०४ १११ मा जम्मा गर्न सकिने पारिबारिक स्रोतले जनाएको छ।

नेपालीनेपाली डटकमले यो अभियानलाई पूर्णरुपमा साथ दिदै समाचार अपडेडलाई निरन्तरता दिई रहेको छ।

रकम संकलन कार्यमा साथ दिदै अहिले सम्म सहयोग गर्ने स्पेनबासी सहयोगी दाताहरुको नामावली यसप्रकार रहेको छ।

बेल काजी गरुङ्- ५१ युरो
शालिक राम डुम्रे – ३५ युरो
देउ काजि गुरुङ/ज्योती गुरुङ -३१ युरो
हिमाली रेस्टुरेन्ट- २५ युरो
बसन्त रानाभाट – २० युरो
अजय लोप्चन – २० युरो
सुनिल रानाभाट- २० युरो
लक्ष्मण शर्मा – २० युरो
नबिन गुरुङ – २० युरो
दीपा गुरुङ – १० युरो
केशब शाही – ५ युरो

राजेश गुरुङ ( बिर बहादुर) – ५० युरो
प्रितम गुरुङ – ५० युरो
सन्तोष श्रेष्ठ – ३१ युरो
पुष्कर कार्की – २५ युरो
रबिन गुरुङ – २१ युरो
कुमार गुरुङ – २० युरो
बसन्त थापा – २० युरो
तुलसी रिजाल – १० युरो
पासङ् शेर्पा – १० युरो
जिग्मे शेर्पा – १० युरो
हेम प्रसाद पाण्डे – १० युरो

तारानाथ ढल्लाकोटी – ५५ युरो
ओमर बहादुर गुरुङ ( ओला नेपाल)- ५१ युरो
नेपाल ग्रामेन्ट बार्सिलोना – २० युरो
हेमन्त रानाभाट – २० युरो
भोला लामिछाने – १० युरो
राजु थापा मगर – १० युरो

नोट- सहयोग गर्न चाहनेहरुले बेलकाजी गुरुङ (६०२०१०३६८) वा नेपालीनेपाली डटकम (६३२५२२७२९) मा सम्पर्क गर्न सक्नु हुनेछ।