स्पेनमा बृहत् जनप्रदर्शन


स्पेनको एक बामपन्थी दल पोडेमोसले शनिबार राजधानी मेड्रिडको केन्द्रमा एक बृहत् जनप्रदर्शन सम्पन्न गरेको छ। परिवर्तनका निम्ति प्रदर्शन भनिएको उक्त कार्यक्रममा दशौं हजार सहभागी भएका थिए।