युरो को भविष्य के ?


– महेश थापा

वेल्जियम /ग्रीसमा आइतवार भएको निर्वाचनमा कट्टरपन्थी वाम राजनैतिक दल सिरिजाले चुनावमा अप्रत्यासित जित हासिल गर्दा युरोपका अन्य देशमा भने राजनैतिक हलचल शुरु भएको छ । युरोपियन युनियनको भविष्यसंग जोडिएको साझा मुद्रा युरो संग वेलायत सहमत छैन । वेलायत आफनै मुद्रा प्रणलीमा विश्वास राख्दछ ।

गत केही वर्षपर्ुव युरोको भविष्यको वारेमा व्यापक छलफल हुदा वेलायत ले युरोको विपक्षमा आफुलाई उभ्याएको थियो । जर्मन र फान्सको अथक प्रयासले युरोले जिवन्त पाएको थियो । वेलायतका अधिकासं पत्रपत्रिकाले सिरिजाको विजय लगत्तै युरो जोनको भविष्य प्रति प्रश्न खडा गर्दै समाचार प्रकासित गरेका छन । सिरिजाको विजय लगत्तै वेलायती प्रधानमन्त्री डेविड क्यामरुनले गरेको टुइटले पनि यो संकेत गदर्छकी अव युरोपमा झनै आर्थिक अनिश्चित हुने छ ।

युरोपको साझा मुद्रा युरोको वजार भाउ यो वर्ष शुरुवात संगै निकै खस्किएको थियो । यहा सम्म कि स्वीस फान्क को तुलनामा युरो को मुल्य घटेको थियो । ग्रीसको आर्थिक मन्दी र राजनैतिक अस्थिरताले गर्दा युरोप लाई निकै चिन्ता र आथिक भार परेको थियो । ग्रीसमा राजनैतिक परिवर्तन लगत्तै सोमवार १९ युरो जोन अन्तरगतका अर्थ मन्त्रीहरुको वैठक वस्दैछ । जसले युरोको भविष्यको वारेमा छलफल गर्ने जनाइएको छ । युरोप पनि ग्रीसको यो परिवर्तन प्रति सशंकित रहेको देखिएको छ ।

हुन त युरो जोन वाट ग्रीस हटदैमा युरो प्रभावित नहुने समाचारहरु यस अधि पनि आएका हुन । कयौले त ग्रीसको कारण युरोपलाई भार परेको आरोप लगाउदै आइ रहेका पनि छन । तर यसो भन्दैमा एकल निती रहेको युरोको स्थिरतामा ग्रीसको भुमिकालाई भने नकार्न सकिदैन । युरोपका अन्य देश युरो प्रणालीमा आर्कषित हुदै गर्दा ग्रीस अपवाद भए यसले युरोलाई झडका दिने नै छ ।

उता सिरिजाका नेता तेसपार्स युवा प्रधानमन्त्रीको रुपमा चयन हुने भएका छन । सोमवार उनले पद सम्हाल्ने र वुधवार मन्त्रीपरिषद गठन हुने जनाएको छ । उनले ग्रीसको आर्थिक स्थितीमा सुधार गर्ने र रिन मुक्त गर्ने जनाएका छन । उनको युरो निती के हुने त्यो भविष्यले जनाएता पनि अहिले तुरुन्तै उनि युरो जोनवाट हटन नचाहेको समाचार प्रकासित भएको छ ।

source – namasteeurope.com