रोनाल्डो र इरिनाको पाँच वर्ष लामो प्रेम सम्बन्धले विश्राम


 

काठमाडौ, /- अन्ततः यी दुईबीचको पाँच वर्ष लामो प्रेम सम्बन्धले विश्राम लिएको छ। फुटबलर क्रिस्टियानो रोनाल्डो र रुसी सुपरमोडल इरिना शायकले अलगअलग बाटो समाएका छन्।

यसको घोषणा स्वयं रोनाल्डोले मंगलबार गरेका छन्। ‘पाँच वर्षसम्मको डेटिङपछि, इरिनासँगको मेरो रिलेसनसिप इतिहास भएको छ,’ रियल म्याड्रिड स्टारले समाचार संस्था एपीलाई पठाएको लिखित वक्तव्यमा भनेका छन्, ‘हामी दुवैका लागि यो कदम उपयुक्त रहेको हाम्रो ठहर रह्यो।’ उनले अगाडि भनेका छन्, ‘म इरिनाका लागि सदैव खुसीको कामना गर्छु।’

दुवैबीचको सम्बन्धबारे केही दिनदेखि सर्वत्र अड्कलबाजी चल्दै आएकाले आफूले सार्वजनिक रूपमा बोल्नुपरेको उनले बताएका छन्।

इरिना र रोनाल्डो सन् २०१० यता रिलेसनसिपमा थिए। विश्वका नामी ब्रान्डहरूका लागि मोडलिङ गर्ने इरिनाको रोनाल्डोको निकटता एउटा ब्रोन्डको मोडलिङकै क्रममा बढेको थियो।

स्पेनमा बढी समय बिताउने पोर्चुगाली फुटबल स्टारकी २९ वर्षे पूर्वप्रेमिकाको बढी समय भने अमेरिकामा बित्ने गर्छ। न्युयोर्क टाइम्सका अनुसार, इरिनाका प्रवक्ताले पनि यसबारे भनेका छन्, ‘यो पक्का हो,  रोनाल्डोसँगको रिलेसनले विश्राम लिएको छ।

ब्रेकअपको कारण खुल्न सकेको छैन। गाइँगुइँ अनुसार, रुसी मोडल र रोन्ााल्डोकी ममबीचको सम्बन्ध चिसिँदै जानु यसको कारण हुन सक्छ। तर इरिनाका प्रवक्ताले भनेका छन्, ‘रोनाल्डोको परिवारसँग इरिनाको घनिष्ठ सम्बन्ध थियो। दुवै परिवारबारे आएका नकारात्मक समाचारहरूमा कुनै सत्यता छैन र ब्रेकअपको कारण पारिवारिक इस्यु पनि होइन। यति बेला इरिना यसबारे केही बोल्न चाहन्नन्।’

रोनाल्डो र इरिनाबीच केही सयमयता खटपट पर्दै आएको थियो। त्यही कारण रोनाल्डोले वर्षको उत्कृष्ट फुटबलरको फिफा अवार्ड पाउँदा पनि उनी त्यो समारोहमा उपस्थित भइनन्। रोनाल्डोकी ममको बर्थ डेमा पनि उनी सामेल भइनन्।

स्पेनकी खेलकुद पत्रकार लुुसियासँग बढ्दै गएको उनको हिमचिमले इरिनालाई चिढयाएको हुन सक्छ।