संविधानसभा असफल हुन दिंदैनौं : एमाले अध्यक्ष ओली


 

काठमाडौं/ एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा असफल हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

संविधानसभा भवनबाट बाहिरनेक्रममा बिहीबार साँझ सञ्चारकर्मीहरुसित अध्यक्ष ओलीले पहिलो एक वर्ष असफल भए पनि पूरै संविधानसभा असपल नहुने बताए । ‘व्यवधान पुर्‍याउने पनि अवधि हुन्छ,’ एमाओवादीको अवरोधबारे उनले भने, ‘तर संविधानसभा असफल हुन दिंदैनौं ।’

ओलीले संविधानसभामा अवरोध गर्दैमा संविधानसभा कब्जा भएको भनी नबुझ्न एमाओवादीलाई आग्रह गरे ।