रगतको खोलो बगाउने धम्कीले डराउदैनौ- एमाले उपाध्यक्ष रावल,प्रबासी मञ्च स्पेनको अधिबेशन सम्पन्न


बसन्त रानाभाट
बार्सिलोना/
नेकपा एमालेका उपाध्यक्ष एबम पुर्ब गृह मन्त्री भिम बहादुर रावलले नियमाबली अनुसार संबिधान जारी गर्नु पर्छ भन्दा रगतको खोलो बगाउछु भन्ने धम्कीले आफुहरु नडराउने बताएका छन्।
एमाले समर्थित प्रवासी नेपाली मञ्च स्पेनको तेस्रो अधिवेशनलाई उदघाटन गर्दै रावलले यस्तो बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको समयाभाव र सचिव प्रदीप ज्ञवालीको भिसा प्रक्रियामा ढिलाइपछि रावल स्पेन आइपुगेका हुन् ।

राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको भनाईलाई खण्डन गर्दै रावलले भने ‘नियमावली अनुसार संबिधान निर्माण गर्नु पर्छ भन्दा रगतको खोलो बगाउछु भनेको के ? हामीलाई काट्नु हुन्छ ? आफुलाई मन नपरे पछि म रगतको खोलो बगाउछु भनेर धम्की दिएर कुनै नियमावली मान्न नपर्ने भए संबिधान सभाको चुनाब किन गरेको ? उनले प्रश्न गरे।

एमाओवादीले ५० प्रतिशत एजेण्डा छाडेर लचिलो भयो भन्ने समाचार भ्रम रहेको बताउँदै रावलले जातको आधारमा प्रदेश बनाउने र १० भन्दा कम प्रदेश हुन नदिने लगायतका पहिलेका अडान कायमै राखेकाले एमाओवादीको भ्रममा नपर्न प्रवासी नेपालीलाइ अनुरोध गरे ।

पहिलो संविधानसभामा एमाओवादीको बहुमत हुँदा संबिधान जारी गर्न आफुहरुले नदिएको भन्ने आरोप पनि गलत भएको बताउँदैबरु आफुहरुले २५ पृष्ठ लामो प्रतिवेदन तत्कालीन अवस्थामा विवाद समाधान उपसमितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदा बैठकमा नै पेश गर्न नदिएको रावलले दाबी गरे।

आफूलाई बेल्जियम , लिस्बन र अस्ट्रेलिया २- ४ जनाले कालो झन्डा देखाए पनि देखाउनेको बिरोधमा झन् हजारौ आएको बताउदै रावलले भने रास्ट्रिय अखण्डता कुनै पनि हालतमा गुम्न दिन्न। म जनजाति बिरोधी होइन तर जातीय आधारमा राज्य टुक्राउन दिन्न बरु आफ्नो जिबन नै गए पनि त्यसको लागि तयार छु ।

नियमावली संशोधन एवं कार्यतालिका परिवर्तन गरेर प्रकियामा जाँदा समय लाग्ने हुँदा आफुलाई माघ ८ मा संबिधान जारी हुन्छ जस्तो लाग्दैन भन्दै एमाले नेता रावलले तर, नियमावली संशोधन गरेर प्रक्रियामा गई संबिधान निर्माण गर्ने बताए । तर, ३ बर्ष कुरेर बस्ने पक्षमा एमाले नरहेको उनले बताए।

मञ्चका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न खुल्ला सत्रमा अतिथिको रुपमा,नेपाली कन्सुलर लुईस बेल्बिस ,प्रबाशी नेपाली मन्च बेल्जियमका अध्यक्ष अर्जुन गुरुङ,पुर्ब अध्यक्ष शिब कुमार बरुवाल,बेल्जियम युरोप प्रतिनिधि नारायण अधिकारी,एनआरएनएन डेनमार्कका अध्यक्ष दिपक सापकोटा,मन्चका युके उपाध्यक्ष रमेश बास्तोला, एनआरएनए आईसीसी सल्लाहकार पुष्प राज तिमिल्सिना,आईसीसी सदस्य दिपक खरेल ,एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी लगायत स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए।

यसै बीच मन्चको अफिसियल वेभसाईटलाई प्रमुख अतिथि रावलले उद्घाटन गरेका छन्। मन्चको अफिसियल साईट www.onfes.org रहेको छ।

दिनेश गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन

10873553_397689710406604_2693021122412057498_o

 

तेस्रो अधिबेशनबाट दिनेश गुरुङलाई सर्बसम्मत अध्यक्षतामा निर्बाचित गरेको छ। बार्सिलोनामा सम्पन्न अधिबेशनले गुरुङलाई सर्बसम्मत गर्दै २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा ओमर बहादुर गुरुङ ,महासचिब लक्ष्मण शर्मा, सचिबमा नारायणी पराजुली तिमिल्सिना र हेम प्रसाद पाण्डे,कोषाध्यक्षमा दिनेश राज रेग्मीलाई निर्बाचित गरेको छ।
यस्तै कार्य समिति सदस्यहरुमा पुष्प केसी,हेमन्त रानाभाट,राजेन्द्र तिमिल्सिना,शंकर राज बराल,राजु लामिछाने,दिपक भट्टराई,हिमाल शर्मा,मोहोन पौडेल,सुबास रानाभाट,रितु ढुंगाना,रेग्मी, निल बहादुर गुरुङ,राजेन्द्र सारु मगर,रामप्रसाद कडेल,भुपेन्द्र कुमार श्रेष्ठ चयन भएका छन्।

नयाँ कार्यसमितीमा चयनमा केहि असन्तुस्टी भने देखा परेको छ । उपाध्यक्षमा दाबी गरेका हेमन्त रानाभाट आफुलाई उचित स्थान नदिएको भन्दै बन्द सत्रबाट बाहिरिए पछि खुल्ला सत्रमा नआएको स्रोतको दाबी छ।

यस्तै मञ्चले शिवकुमार लामिछानेको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। सल्लाहकार समितिमा,गंगा देबी शर्मा,केदार नाथ ढुंगाना,राजु बस्नेत,बल बहादुर कार्की रहेका छन्। यस्तै मन्चले युरोप प्रतिनिधिको रुपमा सस्थापक अध्यक्ष पुष्प राज तिमिल्सिनालाई चयन गरेको छ।

कलाकार र पत्रकारको मन दुख्यो

केहि बिरामी कलाकार पनि थिए ज्वरो आएको थियो तर कार्यक्रममा प्रस्तुती राख्ने भनेपछि हामी कलाकार जस्तो सुकै कठिन घडीमा पनि आउछौ र आयौ पनि सास्कृतिक कार्यक्रमको संयोजन गरेका डिक कार्कीले निकै भाबुक हुदै नेपालीनेपाली डटकमलाई प्रश्न गरे “कलाकारले तयारी गरेर स्टेजमा प्रस्तुती राख्न नपाउदा कस्तो लाग्छ होला ? तपाई मलाई भनिदिनुहोस् त ? अहिले मलाई त्यस्तै महशुस भएको छ।

1459143_10205236590498532_2595437086679002261_n

 

अन्तरास्ट्रिय कलाकार मञ्च स्पेनका महासचिब समेत रहेका कार्की भन्छन् ,”हामी कलाकार समय मिले नाच्ने/गाउने अनि नमिले घर जाने यो कस्तो न्याय ? राजनीतिक कार्यक्रम गर्दा समय मिल्दैन होला,भाषण गर्ने र सुन्ने मात्र हो त्यसमा कुनै आपत्ति छैन तर कलाकारलाई तयारी गर भनेर किन लगाउने आयोजकलाई प्रश्न गर्दै भने। उनले यो घटनाबाट पाठ सिक्दै आउदा दिनमा कलाकारहरुको प्रस्तुतीलाई बन्चित गरेर अपमान नगर्न स्पेन स्थित संघ सस्थाहरुलाई अनुरोध समेत गरेका छन्।

मञ्चको अधिबेशनका लागि साना- साना बालबालिका देखि स्थानीय कलाकारहरु तयारी अवस्थामा रहे पनि कुनै पनि प्रस्तुतिको समय उपलब्ध हुन सकेन। जसले गर्दा तयारीमा रहेका कलाकारहरु निराश बन्दै घर फर्केका थिए।

स्पेन स्थित संघ सस्थाहरुले जुन सुकै औपचारिक कार्यक्रम गर्दा पत्रकारहरुलाई पनि आसनग्रहणको लागि बोलाउने गरेता पनि कार्यक्रममा कुनै पनि मिडिया प्रतिनिधिलाई सम्झिएन । तर कार्यक्रम संचालन गरेका दिनेश गुरुङले भने “अहोरात्र खटिएर अधिबेशनको प्रचारमा लाग्ने नेपालीनेपाली डटकम,रेडियो स्पेननेपाल,नेपाली वेभ र स्पेन खबर डटकमलाई धेरै धेरै धन्यबाद।”मञ्चको कार्यक्रमबाट कलाकार र पत्रकार प्रति देखाईएको ब्यबहार प्रति दुख ब्यक्त गरेका छन्।

अधिबेशनका ३ मिति ३ अतिथी

एमाले समर्थित मञ्चले अक्टोबर दोस्रो साता अधिबेशन गर्ने मिति तय गरे पनि पटक पटक सरेको थियो। पूर्वनिर्धारित कार्यक्रमअनुसार अधिवेशनको उदघाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको थियो।
डिसेम्बर ७ तारेख सरेको अधिवेशनएमालेको केन्द्रीय बैठक जुधेपछि पुन केन्द्रको निर्देशन भन्दै जनवरीमा ४ तारेखका लागि सरेको थियो।

KP-Sharma-Oli-5

 

एमालेको जनकपुरमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुपर्ने र संबिधान निर्माणका लागि दलहरुको बार्तामा ब्यस्त भएपछि ओलीको भ्रमण रद्द भयो। पुन उदघाटनका लागि सचिव प्रदीप ज्ञवाली आउने भन्दै मञ्चले मिडियालाई जानकारी गरायो। तर, भिसा प्रकियामा समय लाग्ने भएपछि ज्ञवाली आउन सकेनन्।

अन्तत  अधिवेशनलाई उद्घाटन गर्न एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री भीम रावल आइपुगे । पटक-पटक मिति र अतिथि परिवर्तन भइरहँदा केन्द्रबाट कोही पनि नेता आउँदैनन् कि भन्ने आशंकालाई भने उपाध्यक्ष रावल आएर अन्त्य गरिदिए।