मलेसियामा झापाका खड्गप्रसाद सार्कीको मृत्यु


झापा / वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका झापाको कनकाई नगरपालिका-४ सुरुङ्गाका खड्गप्रसाद सार्कीको मृत्यु भएको छ ।

गत साउन २ गते मलेसिया पुगेका उनको सुतेकै ठाउँमा मृत्यु भएको मृतकका आफन्त रमेश सार्कीले जानकारी दिए । उनको गत पुस १३ गते राति सुतेकै ठाउँमा मृत्यु भएको बताइएको छ ।

मलेसियाको एक कम्पनीमा सुरक्षा गार्डको काम गर्दै आएका सार्कीको शव नेपाल ल्याउन समस्या भएको भन्दै उनकी श्रीमती पवित्रा विकले सबै क्षेत्रसँग सहयोगको याचना गरेकी छन् । (रासस)