एमालेद्वारा स्थायी कमिटीमा ५ जना नेता थप


काठमाडौं,/ नेकपा एमाले यस अघिको शीर्ष नेताहरुको सहमति अनुसार स्थायी कमिटीमा ५जना नेता थपेको छ ।

स्थायी कमिटी पनि समावेशी बनाउन एमालेले २२ सदस्यीय कमिटी बनाएको हो । केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले स्थायी कमिटीलाई पूर्णता दिने जिम्मा स्थायी कमिटीलाई सुम्पिएको थियो ।

आजको स्थायी कमिटी बैठकले शङकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डललाई पार्टी स्थायी कमिटीमा समावेश गर्ने निर्णय गरेको छ ।

बाँकी एक सदश्यको नाम पार्टीका वरिष्ठ नेताहरुसँग परामर्श गरी अध्यक्षले प्रस्तावित गर्ने एमाले महासचिव इश्वर पोखरेलले जारी गर्नु भएको बिज्ञप्तीमा उल्लेख छ ।