लेखनाथ र पोखरामा संरचना बिपरित बनेका घर टहरा नभत्काउन स्वास्थ मन्त्रीको दबाब


मापदण्ड विपरितका घर टहरा भत्काउदा कार्यकारीलाई स्वास्थ्य मन्त्रीले थकाए

पोखरा/लेखनाथ नगरपालिका र पोखरा उपत्यका नगरविकास समितिले लेखनाथको तालचोक देखी बेगनासताल सडक खण्डमा मापदण्ड विपरित बनेका संरचना हटाएउनले तयारी भैरहेको थियो । सडक मापदण्ड विपरित बनेका घर टहरा नभत्काउन लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द पौडेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले थर्काएका  छन् ।

कार्यकारी पौडेललाई घर टहरा नभत्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले ठुलो दवाव दिएका थिए । मन्त्री अधिकारीले आफुलाई मानसिक रुपमा दवाव दिएको समेत पौडेलले बताए । शुक्रबार मन्त्रीजीले विहानै फोन गरेर जनताको घर भत्काउने अधिकार कसले दियो, आफुलाई नसोधि किन घर भत्काएको भन्दै विभिन्न लान्छना समेत लगाएको कार्यकारी अधिकृत पौडेलले बताए ।

तालचोक देखी बेगनासताल सडक खण्डमा मापदण्ड विपरित बनेका संरचना हटाउन पटक पटक आगह गरे पनि नहटाए पछि नगर पालिकाले नगर विकास सँग मिलेर हटाउने अभियान शुरु गरेको थियो । शुक्रबार साढे ३ किलोमिटर सडक खण्डमा झण्डै ५० घर टहरा दुईवटा डोजर प्रयोग गरी हटाइएको थियो । सो सडक खण्डमा सडकको विचभागबाट दाँया बायाँ १५ मिटर मापदण्ड तोकिएको छ ।