बागलुङ्का सभासद खड्काको १३ औं पुण्यतिथिमा स्पेनमा शोक सभा सम्पन्न


– बसन्त रानाभाट
बार्सिलोना
जिप दुर्घटनामा परि निधन भएका बागलुङ्का सभासद हरीबहादुर खड्काको १३औं पुण्यतिथिको अवसरमा बार्सिलोनामा शोकसभा सम्पन्न भएको छ।
बागलुङ् स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले खोलेको गल्कोट समाज स्पेनले शनिबार शोक सभा आयोजना गर्दै अल्पआयुमा नै निधन भएका खड्का प्रति श्रदान्जली ब्यक्त गरेको हो। खड्काको सम्झनामा एक मिनेट मौन धारणा गर्दै तस्बिरमा माल्यार्पण गरिएको थियो।

समाजका संरक्षक पुष्प राज भण्डारीले आफ्नै जिल्लाका एक ईमान्दार एबम प्रभाबशाली नेता गुमाउनु पर्दा अपुरणीय क्षति पुगेको भन्दै आफुलाई अत्यन्तै दुखी बनाएको बताएका थिए। शोक सभामा स्पेन स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायत सर्ब साधारणहरुको पनि उपस्थिति रहेको थियो।

एनआरएनए युकेका कोषाध्यक्ष ठाकुर शर्मा,प्रबासी नेपाली मंच स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,नेपाली जनसम्पर्क समितिका अध्यक्ष शालिक राम डुम्रे,जन प्रगतिशील मंच(एमाओबादी)का अध्यक्ष महेश्वर क़डेल,एनआरएनए स्पेनका उपाध्यक्ष निरज कुमार पोख्रेल,नेवारी समाजका प्रतिनिधि सन्तोष श्रेष्ठ,तमु समाजका उपाध्यक्ष युबराज गुरुङ,म्याग्दी समाजका अध्यक्ष सन्त बहादुर क्षेत्री,बेदराम कडेल,बिष्णु रिजाल,पुरुषोत्तम भट्टराई,राजु थापा,भोला लामिछाने लगायतले बोल्दै सभासद खड्काको निधनले राष्ट्रलाई क्षति पुगेको बताएका थिए।

10850934_887187871315374_1065827854_n

आईसीसी सल्लाहकार पुष्पराज तिमिल्सिना,आईसीसी सदस्य दिपक खरेल र एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरी कार्य ब्यस्थताले उपस्थित हुन नसकेको जानकारी गराउदै शोक सन्देश पठाएका थिए। समाजका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन महासचिब हिरालाल सापकोटाले गरेका थिए।

सभासद् खड्काको उपचारको क्रममा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । बागलुङको पयुँटारमा मंसिर १७ गते प्रधानमन्त्री सुशील कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जानेक्रममा ग १ झ २२४ नम्बरको पिकअप जिप भकुण्डे ९ कमिरे भन्ने स्थानमा दुर्घटना हुदा उनी गंभिर घाइते बनेका थिए। बि.स. २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा बागलुङ् क्षेत्र नम्बर १ बाट उनी कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

तस्बिर- सन्तोष श्रेष्ठ 10850852_887187854648709_43496176_n