रुकुमका प्रताप सिंह बुढा सारागोसाको जेलमा,रिहा गर्न एनआरएनए स्पेनको पहल


– बसन्त रानाभाट
बार्सिलोना

स्पेनको सारागोसाको कारागारमा थुनिएका रूकुमका एक नेपाली प्रताप सिंह बुढाको अवस्थाबारे एनआरएनए स्पेनले चासो देखाएको छ। बुढाको बारेमा पूर्ण जानकारी कसैसँग नभएकोले उनलाई कारागारमा भेटि अबस्था बारे जानकारी लिने संघले जनाएको छ। बुढालाई बिगत ३ महिना देखि कारागार भित्र थुनिएको छ।

संघका अध्यक्ष एक राज गिरीले आगामी शनिबार साँझ ६ बजे उनलाई भेट्ने समय मिलेको बताएका छन्। गिरीले भने “पीडितले नेपाली कन्सुलर लुईस बेल्विसलाई सम्पर्क गरेका रहेछन् तर उनि बारे पूर्ण जानकारी भएन त्यसैले म आफै भेट गर्न जादै छु। अहिले सम्मको जानकारी अनुसार एक बिदेशी महिलाले आफुलाई दुर्रब्यहार गरेको भन्दै उनि बिरुद्द मुद्दा हालेको र मुद्दा हारे पछि उनलाई जेल हालिएको भन्ने जानकारी आएको छ गिरीले भने। आफुलाई कारागार भित्र काम गर्ने एक जर्मनी नागरिक डागमारले ईमेल मार्फत सम्पर्क गरि, बुढाको आनीबानी दुर्रब्यहार गर्ने जस्तो नलागेको भनी लेखेर पठाएको पनि गिरीले बताए।

बुढा सन् २००७ देखि स्पेनमा बस्दै आएको भन्ने बताईएको छ। पैसाको लागि बिदेशी युवतीले उनलाई दुर्रब्यहार भन्दै फसाएको हुन सक्ने आशंका गरिएको छ।

यसैबीच एनआरएनए स्पेनले बुढालाई भेट गर्न ईच्छुक स्पेन स्थित नेपाली संघसस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ। डिसेम्बर २० तारिक शनिबार साँझ ६ बजे भेट गर्नको लागि कारागारले समय उपलब्ध गराएको छ। सारागोसामा नै बस्ने अर्का नेपाली बाबुराम भट्टराईको पहलमा नै उनलाई भेट्ने समय कारागारले उपलब्ध गराएको हो। बुढा सँगको भेट पछि मात्र घटनाबारे सम्पूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।