तमु समाज स्पेनको अधिबेशन तथा ल्होछार कार्यक्रमको सम्पूर्ण तयारी पुरा


– बसन्त रानाभाट
बार्सिलोना
तमु समाज स्पेनले तेस्रो अधिबेशनका साथै तमु ल्होछार कार्यक्रमको सम्पूर्ण तयारी पुरा गरेको छ । तमु जातिको मौलिक भाषा,भेषभुषा र सस्कृतिलाई जगेर्ना गर्ने भन्दै स्थापित समाजको तेस्रो अधिबेशन आगामी डिसेम्बर २८ तारिक बार्सिलोनामा हुन लागेको हो।

अधिवेशनका साथै समाजले सोहि दिन तमु जातिको महान पर्व तमु ल्होछार पनि मनाउने भएको छ।हरेक बर्ष ल्होछारको उपलक्ष्यमा कार्यक्रम राख्दै आएको समाजले यस बर्ष पनि निरन्तरता दिएको हो । कार्यक्रममा तमु गीतहरु,कौडा नृत्य,सालैजु नृत्य,भोजपुरी गित लगायतका नेपाली सस्कृति झल्काउने प्रस्तुती राखिने समाजले जनाएको छ । कार्यक्रममा गुरुङ भेषभुषा भाङ्ग्रा,कछाड,गुनियो चोली साडीमा सजिएर तमुहरुले उपस्थिति जनाउने भएका छन्। समाजले तमु ल्होछारको उपलक्ष्यमा आयोजित सास्कृतिक कार्यक्रम सम्पन्न गर्न अध्यक्ष ज्योती गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ। स्पेन स्थित नेपाली संघ-सस्थाहरु,सर्बसाधारण,पत्रकार लगायत नेपाली समुदायलाई उपस्थित भई कार्यक्रम सफल पारिदिन समाजले अनुरोध समेत गरेको छ।

778794_10153617490345567_507998991_o-1024x576

यता अधिबेशनबाट नयाँ कार्यसमिति चयन गर्न पहलको लागि समाजले निबर्तमान अध्यक्ष ओमर गुरुङलाई समन्वय समितिको संयोजक तोकेको छ।समितिले सर्ब सहमत रुपमा नै नयाँ कार्य समितिमा सहमत गराउने अपेक्षा गरिएको छ।

सन् २००७ मा बेन बहादुर गुरुङको अध्यक्षतामा तदर्थ समितिको गठन गरि समाजले सन् २००९ मा पहिलो र २०१२ मा दोस्रो अधिबेशन सम्पन्न गरिसकेको छ। पहिलो र दोस्रो अधिबेशनबाट क्रमश ओमर गुरुङ र ज्योती गुरुङ अध्यक्षमा सर्बसहमत निर्बाचित बनेका थिए।

कार्यक्रम बारे पूर्ण बिबरण
मिति – डिसेम्बर २८ तारिक सन् २०१४, आईतबार
स्थान – C/Sicilaa 321
समय – साँझ ५ बजे देखि राति ११ बजे सम्म
मेट्रो – L4 Joanic ,L2,L5 Sagrada Famillia
प्रबेश शुल्क – १० युरो