पोखरा उपमहानगरपलिका वडा नं १९ को उद्घाटन,


पाेखरा/
पोखरा उपमहानगर पलिकामा गाभिएको वडा नं १९ को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कास्कीको लामाचौर गाविसलाई सरकारले पोखरा उपमहानगरपालिकामा गाभ्ने निर्णयपछि लामाचौरमा आज आयोजित कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालयका सचिव डा सोमलाल सुवेदीले वडा कार्यालयको उद्घाटन गर्नु भएको हो । उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै सचिव सुवेदीले स्थानिय स्रोत र साधन लाई परिचालन गर्न गाविस लाई नगरपालिकामा समायोजन गरेको बताउनुभयो ।

उहाँले वडाको समग्र विकाशका लागी स्थानिय विकाश मन्त्रालय र नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो । कास्कीका स्थानिय विकाश अधिकारी तारानाथ अधिकारीले वडा नं १९ को लामाचौर र घार्मी विकाशका दृष्टिले अगाडी वढेको बताउँदै थप विकाशका लागी स्थानियवासी संग समन्वय गरिने बताउनुृभयो ।
पोखरा उप महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको अध्यक्षतामा भएको कार्यक्रममा सभासद कुमार खड्का, एमाले कास्कीका सचिवालय सदस्य तेजनारायण अधिकारी, काङ्ग्रेस कास्कीका उपसभापति विष्णु बराल, एकिकृत माओवादीका नेता ज्ञान ब कोइराला, स्थानिय नेता शोभामोहन पौडेल, पुष्पेन्द्र पाण्डे र गाविसका सचिव स्थानेश्वर ढुङ्गानाले १९ नम्वर वडाका समस्याका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा पोखरा उप महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले नगरपालिकाको २० वर्षे कार्ययोजना अनुुसार नयाँ वडा लाई विशेष प्राथमिकता दिइने बताउनुभयो । कार्यक्रममा लामाचौर, घार्मीका स्थानियवासीको उल्लेख्य सहभागीता रहेको थियो । उनिहरुले घार्मीको पर्यटन विकाशमा ध्यान दिएमा नगरपालिकाले थप आम्दानी गर्न सक्ने बताएका थिए । वडा नं १९ घार्मीमा अझैपनि सडक, खानेपानी र यातयातको असुविधा रहेको छ ।