५ लाख भन्दा बढीले हेरेको स्पेनका कलाकार बिनोद कटुवालको भिडियो हेर्नुहोस्


– बसन्त रानाभाट

बासुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाउदै युरोपमा दिनहरु बिताउदै छन् बासुरी बाधक बिनोद कटुवाल। सुन्दा अलि फरक लाग्ने तर उनले तयार गरेका संगीतका धुनहरु सुन्दा बिदेशी समाज पनि आर्कषित भएको पाईन्छ । स्पेनमा बिगत पाँच बर्ष देखि बस्दै आएका उनले बार्सिलोनामा खोलिएका रासाकान र आमानान्तु ब्याण्ड सँग मिलेर बिदेशी संगीतमा बासुरीको धुन मिसाएका छन्।

रासाकानमा उनि सँगै स्पेनिस कातालान नागरिक रुईज दिदाक र जर्मनी नागरिक मार्क लोपेस्को पनि छन्। अफ्रिकाका बाजाहरुसँग बासुरी मिसाएर उनीहरुले रासाकन एल्बम पनि तयार गरेका छन्। कोरा,जेम्बे( अफ्रिकी ड्रम),मुर्चुङ्गा लगायतका बाजाको साथमा बासुरीको धुन मिसाइएको छ। उनको समुहले बार्सिलोना मात्र नभई स्पेनका बिभिन्न शहरहरुमा आफ्नो प्रस्तुति राख्दै आएको छ ।

मलाई फुयुजन मन पर्छ,यो ब्याण्ड सँग तिन बर्ष जति बिताए काम गर्दा अति आनन्द लाग्छ,उनले भने, “मैले बासुरी बजाएको देखेको रहेछन् पछि कुरा गर्न आए, सँगै काम गरौ भने गरियो। शुरुमा काम गर्दा कस्तो हुने हो ? भन्ने खुल्दुली लाग्थ्यो तर पछि पछि त राम्रै भयो सबैले मन पराए। आफुलाई पहिले अफ्रिकन संगीत सुन्दा अचम्म लाग्थ्यो,काम गर्दै जादा सारै मन थाल्यो उनले बताए।

482588_499671820079541_1792940977_n

आमानान्तु अर्को ब्याण्डको नाम जसले साउथ अमेरिकन राष्ट्रहरु भेनेजुयला र चिलीको प्रचलित संगीत सँग बासुरीको धुन मिसाउदै प्रस्तुतिहरु राख्दै आएको छ। कटुवालले यही समुह सँग मिलेर ओजोरा फेस्टिबलमा हंगेरी समेत पुगेर बासुरीको धुन सुनाए। हाम्रो नेपाली संगीत सँग यो अलि मिल्दो जुल्दो पनि रहेछ त्यसैले काम गर्दा अलि सजिलो भएको उनको प्रतिक्रिया छ। यो ब्याण्डमा उनि लगायत अन्य ४ जना बिदेशीहरु नै रहेका छन्।

बिस ०३६ साल माघ ४ गति किर्तिपुर-१३,चोभारमा जन्मिएका उनि सानै देखि संगीतका सौखिन थिए। उनले आफ्नो स्कुल जिबन पाँगा माबिमा बिताए। स्कुलमा छदा कक्षा ५ देखि नै गुरु रमन मर्हजन सँग बासुरी सिकेको बताउछन्। मलाई संगीत धेरै नै मन पर्थ्यो सानो छदा मादल खुब बजाईथ्यो तर यसरी बासुरीमा नै चाख बढ्छ जस्तो लाग्दैनथ्यो उनि भन्छन्,बिस्तारै प्रतियोगिताहरुमा भाग लिन थालियो अनि हौसला पनि बढ्न थाल्यो।

त्यसैले मैले बिस्तारै संगीतको अध्ययन गर्न थाले त्यसको लागि ईन्धिरा संगीतमा हिन्दुस्थानी शास्त्रीय संगीत सिक्न थाले जसले मेरो जीवनमा बासुरी बाधक नै बन्ने मोड ल्याईदियो आफ्नो अतीतलाई कोट्याउदै भने। काठमाडौ क्याम्पसबाट प्रमाणपत्र तह र त्रिचन्द कलेजबाट स्नातक सम्मको अध्ययन गरेका उनलाई पारिबारिक रुपमा संगीतको लागि ठुलो सहयोग मिलेको बताउछन्।

बिदेशमा रहदा मात्र उनको संगीत प्रतिको चाख बढेको हैन। १८ बर्षे संगीतको यात्रा पार गरि सकेका कटुवालको स्वदेशमा रहदाको सांगीतिक यात्रा पनि सम्झना लायक छ । प्रसिद्द गितारबाधक तथा संगीतकार अनिल शाही सँग ईमेज अवार्ड देखि लिएर थुप्रै स्टेज कार्यक्रमहरुमा पनि प्रस्तुति राखेको उनि बताउछन्।

केहि लोक दोहोरी गीतहरुमा लगायत शाही कै रागमणी एल्वममा पनि उनको बासुरीको धुन सुन्न पाईन्छ। अफ्रिकन बाजाहरु प्रयोग गर्दै उनले आफ्नै एल्बम बासुरी पनि बजारमा ल्याएका छन्। एल्बममा रहेको धुन म्याजिक साउण्ड अफ काठमाडौ निकै चर्चित बन्यो। उनले सन् २००९ तिर एल्बम तयार गरेको थिए।

10291866_10152425194881746_3633862118584822746_n-2

एक दिन ठमेलमा गाउदै गर्दा एक रसियन नागरिक सानी भेन्कानारसँग भेट भयो। उनि श्रीमान सँगै नेपाल घुम्न आएकी रहेछिन्। बासुरीको आबाज सारै मन परेछ,सोही धुनलाई प्रयोग गर्दै एउटा भिडियो तयार गरिदिईन्। आफ्नै श्रीमान् लाई खिच्न्न लगाएर उनको निर्देशनमा बनेको भिडियो यूटीयुबमा निकै लोकप्रिय बन्यो कटुवालले बिगतलाई कोट्याए। सोहि धुनलाई पनि उनले बासुरी एल्बममा समाबेश गरे। भिडियोलाई ५ लाख ३९ हजार  भन्दा बढी पटक हेरिएको छ।

हुन त अहिले म बिदेशमा छु तर मेरो मन नेपाली संगीतमा नै छ। आजभोलि बिदेशीहरुसँग काम गर्दा नेपाली बासुरीको धुन भन्दै उनीहरुले नै बिदेशी दर्शकहरुको माझ बताई दिदा मेरो मन फुलेर आउछ। कटुवालले भने “मनबाट नै फुरेर आउने हुदा झन् संगीत प्रतिको लगाव बढ्ने रहेछ।

म नेपाली भूमिमा अहिले नभए पनि आफ्नो पहिचानको बासुरीको धुन बिदेशी माझ फैलाउने प्रयास गरेको छु कटुवालले निकै भाबुक हुदै बताए। त्यसो त उनले नेपाली समुदायले स्पेनमा आयोजना गर्दै आएका प्राय सबै जसो कार्यक्रममा भाग लिएर नेपाली दर्शकहरुको पनि मन जितिरहेका छन्।

बासुरी धुन सगै रेकर्ड भएको यो भिडियो अहिले सम्म ५ लाख ३९ हजारले भन्दा बढीले हेरेका छन्।