सहमति नभए सङ्घीय आयोगलाई जिम्मा दिएर समयमै संविधान जारी गर्नुपर्छ- ओली


काठमाडौ /

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपूम्हरु आगामी माघ ८ भित्रै संविधान जारी गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपााल पत्रकार महासङ्घले ‘नेपाली जनतासँग गरेको वाचा नतोडी आगामी माघ ८ भित्रै संविधान निर्माण’ गराँै भन्ने मूल आह्वानसहित जारी राखेको निर्माणसम्बन्धी विशेष अभियानअन्तर्गत आज भएको अन्तक्र्रियामा नेता ओलीले सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायालयको विषयमा केही विवाद रहेको बताउँदै संसदीय सर्वोच्चतासहितको शासकीय प्राणली, समानुपातिकतर्फको माथिल्लो सभा र प्रत्यक्ष निर्वाचन तल्लो सभा रहने निर्वाचन प्रणाली, संवैधानिक अदालतसहित वा स्वतन्त्र न्यायालयमा सहमति जुट्ने जानकारी दिनुभयो ।

सङ्घीयतामा सहमति नभए सङ्घीय आयोगलाई जिम्मा दिएर भए पनि समयमै संविधान जारी गर्नुपर्ने पक्षमा आपूम्हरु रहेको उहाँले बताउनुभयो ।

सकेसम्म सहमतिमै संविधान जारी गर्न चाहेको उल्लेख गर्दै उहाँले सहमतिमा आउन विपक्षीलाई आह्वान गर्नुभएको महासङ्घले जनाएको छ ।

सो अवसरमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले दलहरुले निर्वाचनका समयमा गरेको वाचा र संविधानसभाको पहिलो बैठकले गरेको निर्णयबमोजिम शान्ति प्रक्रियाको पूर्णता र परिवर्तनको कार्यसूचीलाई संस्थागत गर्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिसहित सममयै लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने बताउनुभयो । रासस