भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनमा गरेको सम्बोधन (पुरा भिडियो)


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई अन्त्य गर्न सार्कका सबै सदस्य राष्ट्रहरुलाई आह्वान गरेका छन् । अठारौंं सार्क शिखर सम्मेलनलाई सम्वोधन गर्दै मोदीले आतंकवाद अन्त्य गर्न सबैको सामुहिक प्रयासको खाँचो औंल्याएका हुन् ।
‘हामीलाई २६/११ को पीडा अझै पनि याद छ, यो हमला कहिले पनि निको नहुने पीडा हो, आउनुस् हामी सबै मिलेर आतंकवादलाई खतम पार्ने सपथलाई पूरा गरौं ।’
सन् २०११ नोभेम्बर २६ तारिकमा मुम्बईको होटल ताजमा आतंकवादी हमला भएको थियो । सो हमलामा पाकिस्तानको हात रहेको भारतको आरोप छ ।
सार्क सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ पनि सँँगै रहेकाले मोदीको अभिव्यक्ति त्यतैतिर लक्षित रहेको भारतीय सञ्चार माध्यमहरुले बताउने गरेका छन् ।

(पुरा भिडियो)