सार्कको लागि भुटान र माल्दिभ्सका विदेशमन्त्री काठमाडौँमा


 

काठमाडौँ,/ आगामी बुधबार र बिहीबार राजधानीमा हुन गइरहेको १८ औँँ सार्क शिखर सम्मेलनमा भाग लिन माल्दिभ्स र भुटानका वैदेशिक मामिलामन्त्रीहरू काठमाडौँ,आइपुग्नु भयो ।

सम्मेलनको पूर्वसन्ध्यामा  आयोजना हुने सार्क मन्त्रिपरिषद्को ३६औँ बैठकमा सहभागी हुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी र पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन केही समय अगाडि  आइपुग्नुभएको हो ।

श्रीलङ्काका वैदेशिक मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस भने भोलि काठमाडौँ पुग्नुहुने भएको छ । अन्य देशका वैदेशिक मामिलामन्त्रीहरु आजै आइपुग्ने कार्यक्रम छ । रासस