बाझो खेतमा स्पेनिसले कम्मर मर्काउदा (फोटोफिचर सहित )


बसन्त रानाभाट
बार्सिलोना

बिदेशमा भएको बेला गाउघरमा नै पुगे जस्तो भान गराउने पृष्ठ भूमिमा गित बजिरहेको थियो। बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा। लहरै ५ जना नेपाली कलाकारको टोलीले  खुट्टाको चाल अगाडी बढाउदै गयो । हात र कम्मरको चाल पनि त्यसै गरि मिलाएर नेपाली नृत्य पारामा ढल्कि हाल्यो । टोलीमा कलाकार अजय लोप्चन उनो (एक),दोस (दुई),त्रेस (तिन) गर्दै अगाडि बढ्दै गए। उनीहरुको सिधा पछाडि रहेको स्पेनिस नागरिकहरुको समुह पनि त्यही चालको सिको गर्दै थियो। कोहि उमेरले अलि पाका जस्ता देखिने,कोहि भने भर्खरका जस्ता आफुहरुलाई पनि दुरुस्त बनाउने कोशिस गर्दै थिए। हेर्दा हेर्दै नेपाली चालमा नाच्न थाले गित झनै घन्कियो, ‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा”।
फेरि अर्का नेपाली कलाकार बिनोद कटुवाल आए नाचेर थकित जस्ता देखिने सबैलाई त्यही गीतको धुन सुनाए। नेपाली मुरलीको धुन सुने पछि स्पेनिसहरु झनै रमाउदै गए, कता कता गित नै कण्ठ गरे जस्तो लाग्ने उनीहरुको हाउभाउ थियो। किनकी आफुहरुले भर्खरै नृत्य गरेको गित मुरलीको धुनमा सुनिरहेका थिए। फेरि मज्जाले हौसिए मुरली धुनको पछि पछि तालीको ताल ल्याए, बसेकै ठाउबाट त्यही तालमा टाउको हल्लाउन थाले। पछि कलाकार कटुवालले सबैलाई एक एक बटा मुरली हात हात दिए अनि यसरी बजाउने भनेर सिकाउदै पनि थिए। 10811633_871575206209974_921811759_n

झट्ट हेर्दा चलचित्रको सुटिंग जस्तो लाग्ने यी दृश्यहरु कुनै चलचित्र पर्दाको छायांकनको लागि थिएन्,नेपाली पनलाई बिदेशीको मन सम्म पुर्याउने प्रयास थियो। गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेन र बार्सिलोना स्थित सस्था एईकाको संयुक्त प्रयासमा तिन दिने कार्यक्रमको एउटा झलक थियो । संघका प्रबक्ता सन्तोष श्रेष्ठको संयोजनमा कार्यक्रमको अन्तिम दिन नुरिया अवाले,चन्द्रकली कार्की,करुणा लामिछाने र अस्मिता लामिछानेले नेवार ,गुरुङ,मगर,शेर्पा लगायतका जातजातिहरुको पहिचान झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए।
यस अघिका दिनमा भएमा कार्यक्रममा संघका अध्यक्ष एक राज गिरी र बार्सिलोना स्थित नेपाली अबैतानिक बाणिज्य दुत लुईस बेल्बिसले नेपालको प्राकृतिक सुन्दरता,सस्कृति,भाषा र रहनसहनको बारेमा स्पेनिस समुदायलाई जानकारी गराएका थिए।

10813692_871531426214352_966920865_o
नोभेम्बर १९ देखि तिन दिन सम्म बार्सिलोनामा चलेको कार्यक्रममा सगरमाथामा किर्तिमान भएका केहि रेकर्डहरुको जानकारी,हिमाल चढ्दाको अनुभव,अपनाउनु पर्ने साबधानी लगायत पयर्टकलाई हिमाल चढ्न प्रेरित गर्ने किसिमका भिडियो सामाग्री तथा नेपाली चलचित्र पनि देखाईएको थियो। नेपाली परिकार बनाउन सिकाउदै नेपाली स्वादमा बिदेशी र नेपाली सँगै रमाएका थिए। आईसीसी सदस्य दिपक खरेल,महिला फोरम संयोजक शितल भुर्तेल भुसाल,नारायणी तिमिल्सिना,गोमा गौतम,सुजिता श्रेष्ठ,निलु अवाले,नुतन सेढाई खरेल,चन्दा ढकाल लगायतले नेपाली परिकारको जानकारी दिदै बनाउन सिकाएका थिए। स्पेन स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,नेपाली समुदाय लगायत स्पेनिसहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

 

10804971_871645042869657_817018160_n10804855_871531316214363_1104356700_o